साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दाह्री कविता

मुठ्ठीले नै नखाम्लासरि लहलहका कुम्भकर्ण रे जुँगा छन् उस्तै रावण्, हिरण्येकशिपु र यमका कीर्तिमानी जुँगा छन् झाडी नै हो कि लाग्ने ऋषिगण जतिका, ती तपस्वी हुनाले चर्चा दाह्री जुँगाको सुरबुरु यति नै गर्छ खोलाघरेले !

Nepal Telecom ad

पानी साहित्य लेख्छन् कतिपय कविले, लेख्छ आगो कसैले
आफ्नै श्लाघा र आफ्नै रतिरत मनको जोड्छ धागो कसैले
कोही चोरेर लेख्छन्, सुरुबुरु कतिले आशिके तान भर्छन्
कोही लेखी प्रशंसा, स्तुतिलवजहरू शक्तिको गान गर्छन् ।
६६

‘चारी’, सारी कि साली, कमिशन र कतै घूसमा चल्छ सत्ता
ईर्ष्या, विद्रोह, चम्चेगण कतिपयका सूझमा चल्छ सत्ता
सत्तासाहित्य होला प्रभुनिकट भई स्वार्थ खोज्नेहरूको
दाह्री साहित्यले पो यस बखत टुसो हाल्न थाल्यो मजाको ।
६७

दाह्रीवाला छ फोटो झरझर छ कुनै श्वेत वा अर्ध सेतो
पासैमा हुन्छ अर्को चमक छ मुखको भर्खरै काटिएको
दाह्रीकै वाक्य हुन्छन् तलतिर सजिलो भावमा लेखिएको
दाह्री साहित्य साँच्चै कविमनपथमा लाग्छ हाल्दैछ खुट्टो ।
६८

शूलीको छैन दाह्री, न छ गणपतिको, विष्णु छन् साफ, चिल्लै
उस्तै नै छन् मुरारी, रघुपति, सबका लोभलाग्दा जुँगा खै ?
फोटो हेर्दा त यस्ता सुर कतिपय छन् स्त्रैण पो हुन् कि भन्ने
शंका लाग्यो बुझाई निरुपण दिनुहोस् शास्त्र जान्नेहरूले ।
६९

मुठ्ठीले नै नखाम्लासरि लहलहका कुम्भकर्ण रे जुँगा छन्
उस्तै रावण्, हिरण्येकशिपु र यमका कीर्तिमानी जुँगा छन्
झाडी नै हो कि लाग्ने ऋषिगण जतिका, ती तपस्वी हुनाले
चर्चा दाह्री जुँगाको सुरबुरु यति नै गर्छ खोलाघरेले !
७०

०००
‘स्रग्धरावलीबाट’
शूली= शङ्कर भगवान्, शिवजी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
झोले

झोले

खोलाघरे साहिँलोे
आयो वर्ष नयाँ

आयो वर्ष नयाँ

खोलाघरे साहिँलोे
जुनी घर्किने भाे

जुनी घर्किने भाे

खोलाघरे साहिँलोे
भार्या भागवत

भार्या भागवत

खोलाघरे साहिँलोे
यता र उता

यता र उता

खोलाघरे साहिँलोे
हे कर्मठ युवा !

हे कर्मठ युवा !

खोलाघरे साहिँलोे
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
0
Would love your thoughts, please comment.x
()
x