साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बाह्र भाइ बा (२)

शान्ति भन्नुभो कान्ति भन्नुभो सत्यको सधैं रोग बन्नुभो झन् अतीतका घाउ रोज्नुभो मानवीयता त्याग्न खोज्नुभो। शब्द पार्नुभो जो यताउता छर्न थाल्नुभो दानवीयता बाह्र भाइमा मात्र मित्रता अन्यथा भए हुन्छ शत्रुता ।

Nepal Telecom ad

गर्न पाइने घात के गरि
पार्न पाइने हात के गरि
सम्झना यिनै गर्न थाल्नु भो
यो विधान हो बाह्र भाइको ।८।

राजनीतिको चाल च्ल्नुभो
पाउ मोल्नुभो फेरि छ्ल्नुभो
चाख्न खोज्नुभो स्वादिलो कुरो
चढ्न खोज्नुभो उच्च टाकुरो ।९।

पार्न खोज्नुभो एउटै सुँडो
गोप्य चालले खेल्नुभो लुँडो
स्वार्थको लुतो अङ्गमा बढ्यो
स्वच्छ भावना जो थियोे सड्यो ।१०।

भाँड बन्नुभो साँड बन्नुभो
देश निम्ति झन् गाँड बन्नुभो
बन्न खोज्नुभो नर्कमा खडा
बोक्न ख्ज्नुभो पापको घडा ।११।

कर्म गर्नुभो साम्प्रदायिक
छैन कार्य क्यै हेर्न लाइक
धाक लाउँदै बात मार्नुभो
बाहिरी कुरा ठिक्क पार्नुभो ।१२।

शान्ति भन्नुभो कान्ति भन्नुभो
सत्यको सधैं रोग बन्नुभो
झन् अतीतका घाउ रोज्नुभो
मानवीयता त्याग्न खोज्नुभो। ।१३।

शब्द पार्नुभो जो यताउता
छर्न थाल्नुभो दानवीयता
बाह्र भाइमा मात्र मित्रता
अन्यथा भए हुन्छ शत्रुता ।१४।

०००
ओखलढुङ्गा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सभ्य सवाई

सभ्य सवाई

डिल्लीप्रसाद मूलतिहुन
कति मर्नु ?

कति मर्नु ?

डिल्लीप्रसाद मूलतिहुन
जान्दछौँ

जान्दछौँ

डिल्लीप्रसाद मूलतिहुन
राम्रो पाठशाला

राम्रो पाठशाला

डिल्लीप्रसाद मूलतिहुन
देउ पैसा

देउ पैसा

डिल्लीप्रसाद मूलतिहुन
देख्छस् डिल्ली तँ (२)

देख्छस् डिल्ली तँ (२)

डिल्लीप्रसाद मूलतिहुन
श्रेष्ठ सर्जकहरू बन्छन् सबै ती मुला

श्रेष्ठ सर्जकहरू बन्छन् सबै...

बिन्दु दहाल ‘मूकदर्शक’
त्रिशूलीको बगरबाट

त्रिशूलीको बगरबाट

शम्भु गजुरेल
शासक सत्याग्रह

शासक सत्याग्रह

डा. विदुर चालिसे
0
Would love your thoughts, please comment.x
()
x