सुलसुलेघुम्ती मुक्तक नेपालबाट खरेल, गौतम र कार्की पुरस्कृत
कार्यक्रम घुम्ती मुक्तक नेपालका अध्यक्ष निर्मलरमण पराजुलीको अध्यक्षतामा सम्पन्न भएको हो । संस्थाको दोस्रो वार्षिकोत्सवका अवसरमा आयोजित सो कार्यक्रममा प्रमुख अतिथि काँइला हुनुहुन्थ्याे ।

काठमाडौँ, २०७९ फागुन १७ । घुम्ती मुक्तक नेपालले सानु-मखमली मुक्तक नायकश्री सम्मानबाट नगद १० हजारसहित वरिष्ठ मुक्तककार यादव खरेललाई पुरस्कृत गरेको छ । खरेललाई सिर्जनाका माध्यमबाट नेपाली मुक्तकको उन्नयन र विस्तारमा उल्लेखनीय योगदान गरेवापतमा सम्मान गरिएको हो । खरेललाई नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति कविताका शिखर पुरुष बैरागी काँइलाले सम्मान गर्नु भएको हो ।
यसैगरी सस्थाले कालीका-शान्ता मुक्तक मानक श्री सम्मानबाट नगर १० हजारसहित वरिष्ठ समालोचक प्रा. डा. लक्ष्मणप्रसाद गौतम पनि पुरस्कृत गरेको छ । नेपाली मुक्तकको विकास र विस्तार गर्दै मुक्तकको मानक सिद्धान्तका लागि पुर्याउनु भएको उल्लेखनीय योगदानको लागि उहाँलाई पुरस्कृत गरिएको हो ।
यसैगरी जानकी मवि मुक्तक श्री सम्मानबाट नगद ५ हजारसहित युवा मुक्तककार उदास कार्कीलाई पुरस्कृत गरिएको छ । मुक्तक सिर्जना गर्दै नेपाली मुक्तकलाई युवामाझ लोकप्रिय बनाउन अभियन्ताको रुपमा खेल्नु भएको योगदानको लागि कार्कीलाई पुरस्कृत गरिएको हो ।
कार्यक्रम घुम्ती मुक्तक नेपालका अध्यक्ष निर्मलरमण पराजुलीको अध्यक्षतामा सम्पन्न भएको हो । संस्थाको दोस्रो वार्षिकोत्सवका अवसरमा आयोजित सो कार्यक्रममा प्रमुख अतिथि काँइला, अध्यक्ष पराजुली, समालोचक प्रमोद प्रधान, पुरस्कृत साहित्यकारहरु, घुम्ती मुक्तक नेपालका प्रमुख संरक्षक एवं साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष रामकाजी कोने, रामप्रसाद ज्ञवाली, साहित्यकारहरु उषा शेरचन, प्रा.डा. गोविन्दमान सिंह कार्की, युवराज मैनाली, कलानिधि दाहाल, रामप्रसाद पन्त, बलराम दाहाल, हरिभक्त सिग्देल, ठाकुरप्रसाद भण्डारीलगायतले आआफ्नो मन्तव्य राख्नु भएको थियो। कार्यक्रमको संचालन कवि भैरवी रिसालले गर्नु भएको थियो । कार्यक्रममा विभिन्न मुक्तककारहरूले मुक्तकको बर्षा गरेका थिए ।
समरण रहोस् “सानु-मखमली मुक्तक नायक श्री सम्मान”को प्रायोजन श्री विमला खड्काले, “कालीका-शान्ता मुक्तक मानक श्री सम्मान”को प्रायोजन श्री निर्मलरमण पराजुलीले र “जानकी मवि मुक्तक श्री सम्मान”को प्रायोजन श्री सानु शर्माले गर्नु भएको हो ।
०००
Subscribe
Login
0 Comments
Oldest












































