साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पोखराको नखरा

जनता जनार्दनलाई कसले टेर्ने ? हात नहुनेहरूको लामो नङ्ग्रा जो बोल्छ उसैको सेकिने बङ्गारा यस्तै यस्तै गौरवमयी नेपालमा छ एउटा पोखरा ।

Nepal Telecom ad

यहाँ कानाननै ताल छन् ।
लाहरू मात्र बेताल छन् ।
नाफाखोरी मालामाल छन् ।
दुःखी दरिद्री बेहाल छन् ।
प्रशासकहरूको दहाड छ ।
भ्रष्टाचारको पहाड छ ।
गुण्डाको पहरा छ ।
जतासुकै मलमुत्रको छहरा छ ।
यस्तै यस्तै विशेषको ।
नेपालमा एउटा पोखरा छ ।

नेताहरू नेताको खुट्टा तान्छन् ।
जनताको मुखमा लात्तीले हान्छन् ।
आफूलाई देशको सेवक ठान्छन् ।
समसाँझै गाँजा चरेश खान्छन् ।
समाजसेवीको देखाउँछन् नखरा
नेपालमा एउटा ठाउँ छ पोखरा ।

पर्यटकहरू प्रायः बौलाउँछन्
(मादक पदार्थ खाएर)
गुण्डाहरू जति मौलाउँछन् ।
नेताहरू बीच गुण्डा पालापाल
विकासे रकम जति फालाफाल
प्रशासकहरू रमिता हेर्ने
जनता जनार्दनलाई कसले टेर्ने ?
हात नहुनेहरूको लामो नङ्ग्रा
जो बोल्छ उसैको सेकिने बङ्गारा
यस्तै यस्तै गौरवमयी
नेपालमा छ एउटा पोखरा ।

०००
‘यमराजको निम्तो’ (२०५४)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
लाहुरेकाे हुर्मत

लाहुरेकाे हुर्मत

विश्व शाक्य
धर्मपुराण

धर्मपुराण

विश्व शाक्य
दुई छोटा कविता

दुई छोटा कविता

विश्व शाक्य
लाैराेकाे जात थर

लाैराेकाे जात थर

विश्व शाक्य
बोक्सीका ताजा बात- ९

बोक्सीका ताजा बात- ९

गायत्री परिरोशनी
माटोबाट पलाएर माटोमै

माटोबाट पलाएर माटोमै

अनिता काेइराला
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x