सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

चाउरे पिरती

सहे कष्ट कैयौं यहाँ भन्छ खै को । युवा, बाल, बृद्धा यहाँ गन्छ खै को ॥ मुसासाथ खेल्दै बिराला र कुत्ता । तिरो खान्छ हाम्रै उचालेर जुत्ता ॥

Nepal Telecom ad

धुवाँदार बल्दै थियो दाउरा झैँ ।
बनेको छ मान्छे सधैं फ्याउरा झैँ ॥
नता मान सम्मानमा रम्छ मान्छे ।
बनायौ तिमीले सधैं चोर भान्से ॥

थियो ध्यान सारा लुटी खानलाई ।
डकार्दै छ सत्ता म दिन्थे बधाई ॥
थुनी च्याप्प निर्धो बजार्दै सिपाही ।
गरी बस्छु सेवा उसैको म धाई ॥

घुमी ढोल ठोक्ने सुनौलो जमाना ।
कहाँ बस्छ गाँन्टे म देख्दैन छाना ॥
थियो जोत जस्को लियो पोत सुन्थे
सधैं दीन सोझा समात्दै म थुन्थे ॥

छरेको छु नारा यहाँ फल्न थाल्यो ।
यहाँ चाउरे प्रेमले आज ढाल्यो ॥
बनेको छ मत्ता उनै दीन ढोई ।
थियो साथ सत्ता म चिन्दैन कोही ॥

मुसा झैँ छ चाला बनेको छ साँढे ।
सुगन्धी थियो पुष्प देख्दै छु काँडे ॥
छरी मिष्ट नारा भरोसा दिलायो ।
बनी शीत थोपा कहाँ ऊ बिलायो ॥

जपी चाउरे प्रेम उम्लेछ काया ।
बसे दास,आफन्त दायाँ र बायाँ ॥
भयो देश रित्तो युवा पस्छ खाडी ।
थियो रक्त कार्पेट चिल्लो छ गाडी ॥

सहे कष्ट कैयौं यहाँ भन्छ खै को ।
युवा, बाल, बृद्धा यहाँ गन्छ खै को ॥
मुसासाथ खेल्दै बिराला र कुत्ता ।
तिरो खान्छ हाम्रै उचालेर जुत्ता ॥

बने ऐन कैयौं सबै मिच्न थाले ।
उचालेर राँको सधैं देश बाले ॥
थियो देश साह्रै पियारो मलाई ।
म थाप्नेछु छाती परे देशलाई ॥

०००
पाटन २ सिलंगा, बैतडी

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
ढेवा महिमा

ढेवा महिमा

हेमराज पन्त
विडम्बना

विडम्बना

हेमराज पन्त
छायातन्त्र

छायातन्त्र

हेमराज पन्त
नियतिको लीला

नियतिको लीला

हेमराज पन्त
हन्तकाली

हन्तकाली

हेमराज पन्त
नेता पो म त

नेता पो म त

शिव सस्मित
मुला

मुला

वासुदेव ठकुरी
राष्ट्रिय करी चा-करी !

राष्ट्रिय करी चा-करी !

गायत्री परिरोशनी
ओठ र च्यापु

ओठ र च्यापु

भीम गाैतम