साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पत्रु क्रान्तिकारी

गलत कुराहरू ठिक खराव कुराहरू सही असमान कुराहरू समान फटाहा सामन्त र दलाल नोकरसाहहरू क्रान्तिकारी र दिन दुखीका मित्रु देख्नेछ । किनकि क्रान्तिकारी आफैँ बिग्रिएर पत्रु भै सकेको हुन्छ ।

Nepal Telecom ad

जतिसुकै क्रान्तिकारी होस्
राज्य विप्लवको नारा लाओस्
गुरिल्ला युद्ध चलाओस्
विद्रोहको आगो ओकलोस्
किन्चित कसैले डराउँनु पर्दैन,
उसलाई एक पटक सत्ता चखाएपछि
ऊ आफैँ ठिक हुनेछ ।
किनकि,
उसको मथिङ्गल हल्लिनेछ
दिमाग उल्टिनेछ
चेत शून्य हुनेछ,
तर ऊ आफू सही भएझैं गरी
सत्ता सत्ता भन्दै रुनेछ ।

सत्ताको नस स्वादिलो
सत्ताको लत गतिलो
सत्ताको मेस पोसिलो
सत्ताको भेष रवाफिलो
पोसिलो खाना
रवाफिलो नाना
पहरे र चप्रासीको गाना
हुक्के र चिलिमेको बजाना
यति भएपछि क्रान्तिकारीले
आफूलाई सर्वश्रेष्ठ ठान्नेछ ।
क्रान्ति पूरा भएको मान्नेछ
यो देसको माओ, लेनिन
र मार्क्समा आफूलाई गन्नेछ ॥

सत्ता चाखेको क्रान्तिकारी
चाहे जङ्ग होस् वा चन्न,
एकाएक संसार सोझिएको देख्नेछन् ।

समाजका
नाजायज कुराहरू जायज
गलत कुराहरू ठिक
खराव कुराहरू सही
असमान कुराहरू समान
फटाहा सामन्त र दलाल नोकरसाहहरू
क्रान्तिकारी र दिन दुखीका मित्रु देख्नेछ ।
किनकि क्रान्तिकारी आफैँ बिग्रिएर
पत्रु भै सकेको हुन्छ ।

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कहिले बुझ्लान् नेपालीले ?

कहिले बुझ्लान् नेपालीले ?

शम्भु जमरकट्टेल हेदाङ्ने
म मरेको कथा

म मरेको कथा

शम्भु जमरकट्टेल हेदाङ्ने
अब राजा फर्कनुपर्छ !!

अब राजा फर्कनुपर्छ !!

शम्भु जमरकट्टेल हेदाङ्ने
काे फेल, काे पास

काे फेल, काे पास

शम्भु जमरकट्टेल हेदाङ्ने
देश, नरिवल र बाँदर

देश, नरिवल र बाँदर

शम्भु जमरकट्टेल हेदाङ्ने
विदेशको लोकतन्त्र के तन्त्र ? नेपालको लोकतन्त्र पो तन्त्र ।

विदेशको लोकतन्त्र के तन्त्र...

शम्भु जमरकट्टेल हेदाङ्ने
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
अलगअलग बाटो

अलगअलग बाटो

श्याम प्रधान
लुकीछिपी बोतल खोल

लुकीछिपी बोतल खोल

माधव पोखरेल गोज्याङ्ग्रे
श्रेष्ठ सर्जकहरू बन्छन् सबै ती मुला

श्रेष्ठ सर्जकहरू बन्छन् सबै...

बिन्दु दहाल ‘मूकदर्शक’
त्रिशूलीको बगरबाट

त्रिशूलीको बगरबाट

शम्भु गजुरेल
0
Would love your thoughts, please comment.x
()
x