सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

पत्रु क्रान्तिकारी

गलत कुराहरू ठिक खराव कुराहरू सही असमान कुराहरू समान फटाहा सामन्त र दलाल नोकरसाहहरू क्रान्तिकारी र दिन दुखीका मित्रु देख्नेछ । किनकि क्रान्तिकारी आफैँ बिग्रिएर पत्रु भै सकेको हुन्छ ।

Nepal Telecom ad

जतिसुकै क्रान्तिकारी होस्
राज्य विप्लवको नारा लाओस्
गुरिल्ला युद्ध चलाओस्
विद्रोहको आगो ओकलोस्
किन्चित कसैले डराउँनु पर्दैन,
उसलाई एक पटक सत्ता चखाएपछि
ऊ आफैँ ठिक हुनेछ ।
किनकि,
उसको मथिङ्गल हल्लिनेछ
दिमाग उल्टिनेछ
चेत शून्य हुनेछ,
तर ऊ आफू सही भएझैं गरी
सत्ता सत्ता भन्दै रुनेछ ।

सत्ताको नस स्वादिलो
सत्ताको लत गतिलो
सत्ताको मेस पोसिलो
सत्ताको भेष रवाफिलो
पोसिलो खाना
रवाफिलो नाना
पहरे र चप्रासीको गाना
हुक्के र चिलिमेको बजाना
यति भएपछि क्रान्तिकारीले
आफूलाई सर्वश्रेष्ठ ठान्नेछ ।
क्रान्ति पूरा भएको मान्नेछ
यो देसको माओ, लेनिन
र मार्क्समा आफूलाई गन्नेछ ॥

सत्ता चाखेको क्रान्तिकारी
चाहे जङ्ग होस् वा चन्न,
एकाएक संसार सोझिएको देख्नेछन् ।

समाजका
नाजायज कुराहरू जायज
गलत कुराहरू ठिक
खराव कुराहरू सही
असमान कुराहरू समान
फटाहा सामन्त र दलाल नोकरसाहहरू
क्रान्तिकारी र दिन दुखीका मित्रु देख्नेछ ।
किनकि क्रान्तिकारी आफैँ बिग्रिएर
पत्रु भै सकेको हुन्छ ।

०००
काठमाडौं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
लागू भएन

लागू भएन

शम्भु जमरकट्टेल हेदाङ्ने
बाँदर र मान्छे

बाँदर र मान्छे

शम्भु जमरकट्टेल हेदाङ्ने
खत्रा छ

खत्रा छ

शम्भु जमरकट्टेल हेदाङ्ने
कसैकाे दशा, कसैकाे दशैँ ?

कसैकाे दशा, कसैकाे दशैँ...

शम्भु जमरकट्टेल हेदाङ्ने
पदवी र विभूषण नदेऊ सरकार

पदवी र विभूषण नदेऊ...

शम्भु जमरकट्टेल हेदाङ्ने
मेरो क्रन्दन

मेरो क्रन्दन

शम्भु जमरकट्टेल हेदाङ्ने
राष्ट्रिय विकास रमिता !

राष्ट्रिय विकास रमिता !

गायत्री परिरोशनी
के गर्न बाँकी छ ?

के गर्न बाँकी छ...

प्रेम ओली ढकलपुरे
सबै उस्तै उस्तै

सबै उस्तै उस्तै

विजयध्वज थापा
घोचक गीत

घोचक गीत

अमर अधिकारी
सरकार बनाउन देऊ

सरकार बनाउन देऊ

खगेन्द्र नेउपाने
आसन्न विश्वयुद्ध

आसन्न विश्वयुद्ध

विष्णुहरि पाैडेल