साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नयाँ वर्ष कविता

मूर्खहरूको खेलौना ती बन्दुकहरूलाई एउटा हातले यता सलाम, अर्को हातले उता सलाम, यो नयाँ वर्षको हैंजाले ती सबै बन्दुकहरूलाई लगे त्यो हैंजाप्रति मरो क्रान्तिकारी सलाम !

Nepal Telecom ad

सलाम गरूँ, सलामकै नास
सलाम नगरूँ, आफ्नै बनिबास
जीवन लुटाउने, बासै उठाउने
ती उन्मुक्त जवानीले रौसिएका बन्दुकहरूलाई
फेरि नयाँ वर्षसँगै
एक पटक
मेरो सलाम !

आतङ्कवादको नाममा
ती भोकानाङ्गा
अफगानी जनताको गिदी छर्ने
ती बन्दुकहरूलाई सलाम,
तानाशाहको नाममा
ती युद्ध पीडित
ती इराकी जनताको छातीमा पड्कने
ती बन्दुकहरूलाई सलाम !

उग्रवादको नाममा
फिलिपिनी जनताको नङ्गो ढाँडमा बज्रने
ती बन्दुकहरूलाई सलाम,
जनक्रान्तिको नाममा
ती आक्रान्त
पेरुभियाली जनताको आशामा डुग्रने
ती बन्दुकहरूलाई सलाम !

आन्दोलनकारीको नाममा
ती दुःखी अर्जेन्टिनी मजदूरहरूको पेटमा पड्कने
ती बन्दुकहरूलाई सलाम,
बिखण्डनवादको नाममा
त्रासदी नै त्रासदीमा बाँचिरहेका
काश्मिरीहरूको आँसुमा छल्कने
ती बन्दुकहरूलाई सलाम !

आफ्नै वंश र बन्धुहरूको निर्दोष हत्या गरेर
राज्य गर्न हौसिने
ती बन्दुकहरूलाई सलाम,
“यो वाद” र “त्यो वाद” को नाममा
टुहुरा र बुकुराको देश भनाउन योगदान दिने
ती बन्दुकहरूलाई सलाम !

हरेक आशा र विश्वासको घडालाई छेन्नवेन्न पर्ने
हरेकपल मृत्युको सन्देश कानेखुशी गर्ने
मूर्खहरूको खेलौना
ती बन्दुकहरूलाई
एउटा हातले यता सलाम,
अर्को हातले उता सलाम,
यो नयाँ वर्षको हैंजाले
ती सबै बन्दुकहरूलाई लगे
त्यो हैंजाप्रति
मरो क्रान्तिकारी सलाम !

०००
डिसेम्बर ३१, २००३
सेरेम्वान, मलेसिया

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठोकान

तीन ठोकान

नन्दकुमार सुब्बा
तीन ठोकान

तीन ठोकान

नन्दकुमार सुब्बा
तीन ठोक्तक

तीन ठोक्तक

नन्दकुमार सुब्बा
तीन ठोकान

तीन ठोकान

नन्दकुमार सुब्बा
तीन ठोकान

तीन ठोकान

नन्दकुमार सुब्बा
बाउ

बाउ

नन्दकुमार सुब्बा
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
बोल्न नहुने के रोग लाग्यो कुनि ?

बोल्न नहुने के रोग...

बालकृष्ण खनाल
नयाँ आगो

नयाँ आगो

वासुदेव अधिकारी
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
0
Would love your thoughts, please comment.x
()
x