सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

बाउ

छ त बाउले नै जोडी दिएको जोडा छ कहिले सँगै उकालो कहिले सँगै ओरालो “उही बूढा, उही बूढी” त्यसैले गाउँ छाड्न सकिन मैले बाउ छाड्न सकिन ।

Nepal Telecom ad

सम्झन्छु,
छ वर्षको थिएँ, म
काँधमा बोकेर हिँड्नु हुन्थ्यो
मलाई बाउले
रमाइला-रमाइला कथा सुनाउनु हुन्थ्यो
मलाई बाउले
सँगसँगै गोठालो जान्थ्यौँ
ऐंसेलु, केशरी, सिङ्गौटो
के के फल टिपी दिनुहुन्थ्यो
मलाई बाउले
खुब सम्झन्छु ।

स्कूल सकेर क्याम्पस गएँ
क्याम्पस सकेर घर आएँ
बिहानै बाउले समात्नु भा’को अनौ समातेँ
हात पन्साउदै भन्नू भो’ बाउले-
“तेरो यहाँ काम छैन
हलो-कोदालोमा दम छैन,
शहरतिर जा
उतै जागिर खा ।”
सम्झें-
दुई-चार सुर्का बारी छ
बलियो नारी छ
दुहुनो भैंसी, हलगोरु छ
भेडाबाख्रा, कुख्रा कुकुर छन्
उमेर ढल्किदै गएका आमाबाउ सम्झें
त्यसैले गाउँ छाड्न सकिन
मैले बाउ छाड्न सकिन ।

म अघाइसकेको हुँन्थें
मीठो मसिनो जे छ
एक डल्ला थपिदिनु हुन्थ्यो
मलाई बाउले
गल्ती भै हाल्थ्यो
तर पनि मेरो छोरो त्यस्तो होइन भन्दै
अगाडि सरेर छेक्नु हुन्थ्यो
मलाई बाउले
कतै जाँदा आमाले लिनु भा’को खर्चमा चित्त नबुझेर
लुकाएर राखेको आनासुकी थपी दिनु हुन्थ्यो
मलाई बाउले
यता निकै समयदेखि रोगले छोएको
उहाँलाई
शहर गएर दबाई ल्याई दिनुपर्छ
उहाँलाई
त्यसैले गाउँ छाड्न सकिन
मैले बाउ छाड्न सकिन ।

सम्झें-
बाजेले भन्नु भा’को कथा
अरुले कुटे कोर्राले कुटेको हुन्छ रे
आमाबाउले कुटे सुनको लठ्ठीले हुन्छ रे,
आमाबाउ भनेका यही पहाड पर्वत हुन् अरे
उनीहरूभन्दा अर्को भगवान् छैनन् अरे
यही सेरोफेरोमा
महासागरको अस्तित्व बोध गरें
यहिं एउटा नाउमा शान्त समुद्रमा तैरी रहेको याद गरें
अहिले छमा शुन्ना थपेर
साठ्ठीको भएँ
मलाई बोक्ने ती बाउका काधहरू छैनन्
न त “ला खा” भनेर
एक डल्ला थपिदिने नै छ
छ त बाउले नै जोडी दिएको जोडा छ
कहिले सँगै उकालो
कहिले सँगै ओरालो
“उही बूढा, उही बूढी”
त्यसैले गाउँ छाड्न सकिन
मैले बाउ छाड्न सकिन ।

आफ्नै दमाली धेरैले गाउँ छाडे
कोही यतै छन्
बाटोमा भेटिन्छन्
कोही खुशी छन्
कोही निरस
उही चउरमा बसेर अतीतको पोट्रेट फिजाउँछौं
सम्झनाका बेलीबिस्तार चित्र कोर्छौं
“अँ… अँ …। हो… हो” जस्ता
निस्वास निकाल्छौं
आफूले काँधमा बोकेर हुर्काएकाहरू
कोही अमेरिका गए
उतै ग्रीनकार्ड पाए अरे
उतै रमाए,
कोही अस्ट्रेलिया गए
उतै पीआर पाए अरे
उतै खुशी भए
आफू त कतै गइएन
यतै हाँसियो
यतै रोइयो
त्यसैले गाउँ छाड्न सकिन
मैले पुर्खाको ठाउँ छाड्न सकिन ।

०००
२०७९/१२/०१
साँखेजुङ, इलाम

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
तीन ठोकान

तीन ठोकान

नन्दकुमार सुब्बा
तीन ठोकान

तीन ठोकान

नन्दकुमार सुब्बा
तीन ठोक्तक

तीन ठोक्तक

नन्दकुमार सुब्बा
तीन ठोकान

तीन ठोकान

नन्दकुमार सुब्बा
तीन ठोकान

तीन ठोकान

नन्दकुमार सुब्बा
नयाँ वर्ष कविता

नयाँ वर्ष कविता

नन्दकुमार सुब्बा
बुढ्यौलीका चार ठोक्तक

बुढ्यौलीका चार ठोक्तक

वासुदेव गुरागाईं
बूढो उमेर

बूढो उमेर

गाेपेन्द्रप्रसाद रिजाल
आँसु झार्ने नपार

आँसु झार्ने नपार

रामशरण न्याैपाने
‘बा’ काव्यांश (२१)

‘बा’ काव्यांश (२१)

दीनानाथ पाेखरेल
पिता माता हुन् हाम्रा चेतना-प्रभा

पिता माता हुन् हाम्रा...

घनश्याम रेग्मी