साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठोक्तक

झोलुङ्गे पुल बन्दै गर्दा, तुइनहरू हटे अरे ! सपनाको सुन्दर स्वर्ग ठाउँ कहिले बन्छ हजूर ?

Nepal Telecom ad

नन्दकुमार शुब्बा  :

(१)
रुकुमलाई स्वर्ग बनाउँछु भन्नेहरूले रुकुम बिर्सिए
रोल्पालाई राजधानी बनाउँछु भन्नेहरूले रोल्पा बिर्सिए
हिजो बडो क्रान्तिकारी हूँ भन्नेहरूले शहर पसेपछि
‘सेल्टर’ भन्दै लुक्दै बस्ने गाउँका खोल्मा र खोल्सा बिर्सिए ।

(२)
भोकमा अमृत भन्दै खाएको ढिँडो-आँटो बिर्सिए
तिमीलाई सुन्दर बनाउँछु भन्दै समाएको माटो बिर्सिए
आफू ठाउँ र ठहरमा पुगेपछि अरूको के मतलव ?
मै लाऊँ, मै खाऊँ, अरु जे हुन् भन्दै हिँड्ने बाटो बिर्सिए ।

(३)
पानीजहाज आउँदै छ रे, नाउ कैले बन्छ हजूर ?
स्मार्टसिटी बन्दै छ रे, गाउँ कहिले बन्छ हजूर ?
झोलुङ्गे पुल बन्दै गर्दा, तुइनहरू हटे अरे !
सपनाको सुन्दर स्वर्ग ठाउँ कहिले बन्छ हजूर ?

०००
साँखेजुङ, इलाम

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठोकान

तीन ठोकान

नन्दकुमार सुब्बा
तीन ठोकान

तीन ठोकान

नन्दकुमार सुब्बा
तीन ठोकान

तीन ठोकान

नन्दकुमार सुब्बा
तीन ठोकान

तीन ठोकान

नन्दकुमार सुब्बा
नयाँ वर्ष कविता

नयाँ वर्ष कविता

नन्दकुमार सुब्बा
बाउ

बाउ

नन्दकुमार सुब्बा
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
गणतन्त्र

गणतन्त्र

फित्काैली डटकम
दुई ठोक्तक

दुई ठोक्तक

तेजविलास अधिकारी
बेलाको बोली – १६५

बेलाको बोली – १६५

डा. ऋषि बस्ताकाेटी
चार ठाेकान

चार ठाेकान

रुद्र ज्ञवाली
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
0
Would love your thoughts, please comment.x
()
x