साइबर अपराध सम्बन्धी सचेतना सामग्री

राँगा गधा उत्तम

हात्ती गैडा सकल वनका चोरी गराउन्न म मान्छे बेच्ने यस मुलुकको जो तस्करी हैन म लुट्ने मास्ने सुंगुर जसरी खाई बिराउन्न म आत्माघाती गलित कुरुवा राँगो गधा हैन म ।६

Nepal Telecom ad

टङ्कराज ढकाल तितेपाती :

बोका बाख्रा सदनतिरका साह्रै भए तन्नम
ध्वाँसे भेंडा अभर मनका रोगी सदा यी मम
गाडा पाडा कुलत पथका ठेल्छन् कताको तम
कङ्काली हुन् तर जहर झैं राँगा गधा उत्तम ।१

डोका डाला घरघर बुने धोका भयो दिन्न म
नाङ्ला दाम्ला सररर हुने पोका कतै खान्न म
बारी कान्ला सरर बहने हावा चले जान्न म
कालापानी अवनि सटही राँगा गधा लिन्न म ।२

जालेथाले छलफल छुरा भत्ता नभै खान्न म
बेचेकाछन् सब चिज यहाँ अर्को छुरा हुन्न म
नालापानी गलित किन हो बुर्का लगाउन्न म
आमा बेच्दै कपट छलले दानी हुँदै हुन्न म ।३

सत्ता चढ्दै परमुलुकको बासी कलो खान्न म
ढोग्दै पुज्दै चरम हलिया ढोंगी हरामी छु म
उस्को बोली अति प्रिय भयो धेरै सुनाउन्न म
काले भाले शकुनि खलका ताना रुचाउन्न म ।४

ठूलो माला सय सय किलो भिर्नै रुचाउन्न म
नारा चर्का कलुष मनका नाता खुलाउन्न म
भ्रष्टाचारी दलन दलका खाता खुलाउन्न म
पापाचारी करुण रसको गाथा फुकाउन्न म ।५

हात्ती गैडा सकल वनका चोरी गराउन्न म
मान्छे बेच्ने यस मुलुकको जो तस्करी हैन म
लुट्ने मास्ने सुंगुर जसरी खाई बिराउन्न म
आत्माघाती गलित कुरुवा राँगो गधा हैन म ।६

०००
नवलपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आकाश शून्य

आकाश शून्य

टङ्कराज ढकाल ‘तितेपाती’
आमा

आमा

टङ्कराज ढकाल ‘तितेपाती’
गरायौ हरायौ

गरायौ हरायौ

टङ्कराज ढकाल ‘तितेपाती’
सबै कुरा धनमाथि आश्रित

सबै कुरा धनमाथि आश्रित

टङ्कराज ढकाल ‘तितेपाती’
कता गयो कता गयो

कता गयो कता गयो

टङ्कराज ढकाल ‘तितेपाती’
कंस चरित्र

कंस चरित्र

टङ्कराज ढकाल ‘तितेपाती’
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x