साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अँ शुभ कामना !!

घरको बासी ढिँडो, गुन्द्रुक सिस्नो खोलेफाँडो हसुरेर हामीलाई हकार्दै आफू डकार्दै हिँडिरहने हो भने हाँडीघोप्टे भुँडी हल्लाउँदै अझै पनि वसन्त बनेर आउने नै हो भने अब त अति भयो नयाँ वर्ष

Nepal Telecom ad

अब त अति भयो नयाँ वर्ष
तिमी नयाँ बनेर होइन
थोत्रिएर आऊ चोइटिएर आऊ
बरु धुजाधुजा बनेर आऊ
बाँच्नुपर्दैन यसरी बरु लास बनेर आऊ

मलाई चाहिएका छैनन् तिम्रा भ्रष्टाचारीहरू
त्यसैले तिमी बरु असी सालमै खसी बन
हामी सोझालाई अब आश्वासनको ललीपप नचुसाऊ
तिमी नथेग्ने महँगी लिएर आउने भए
अँधेरीको चोर स्यालले कुखुरा चोरेझैँ
छोरीचेलीलाई बलात्कार गर्ने भए
जनताको मुख कुच्याएर आफ्नो मुख उकास्ने भए
मिटर ब्याज चढाएर उठिबास लाउने भए
पसिनाको रेमिट्यान्समा पौडी खेल्ने भए
जुको बनेर ढाडिइरहने भए
तिमी आउँदै नआऊ नयाँ वर्ष

भयो, मलाई भित्ते पात्रो फेरिएको हेर्न मन छैन
राजनीतिक कुर्सीले कात्रो फेरेको हेर्न मन छैन
धेरै साँढे जन्मायौ नयाँ वर्ष
हामी बाच्छाका निम्ति नाना, खाना र छाना
तिम्रो क्यालेन्डरमा कहिल्यै अटाएन
घरको बासी ढिँडो, गुन्द्रुक सिस्नो खोलेफाँडो हसुरेर
हामीलाई हकार्दै आफू डकार्दै हिँडिरहने हो भने
हाँडीघोप्टे भुँडी हल्लाउँदै अझै पनि वसन्त बनेर
आउने नै हो भने
अब त अति भयो नयाँ वर्ष

तिमी आउँदै नआऊ तैपनि आउने भए
तिमीलाई के नै भन्नु छ र !
अशुभ कामना ! अँ शुभ कामना !!

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
बोल्न नहुने के रोग लाग्यो कुनि ?

बोल्न नहुने के रोग...

बालकृष्ण खनाल
नयाँ आगो

नयाँ आगो

वासुदेव अधिकारी
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
0
Would love your thoughts, please comment.x
()
x