साइबर अपराध सम्बन्धी सचेतना सामग्री

उनासी बिदा भै असी साल आयो

यता चोर पस्दा भदालो हरायो भताभुङ्ग चाला भकारी लुटायो दले धुन्धुकारी डकार्दै भलायो उनासी बिदा भै असी साल आयो ।

Nepal Telecom ad

घुमे झैं किलामा सियो जो घडी यो
फसायो दलोमा उतै पो हरायो
उताको यता भो यताको करायो
उनासी बिदा भै असी साल आयो ।१

खडेरी परेको धपक्कै बलेको
छ यो घाम चर्को सबै भो जलेको
कतै चुस्स पर्दै छ नाता जनायो
उनासी बिदा भै असी साल आयो ।२

हरामी छ सत्ता खरानी उडायो
गुलामी छ मान्छे पराया गुहा-यो
मलामी उतैको कलोमा रमायो
उनासी बिदा भै असी साल आयो ।३

दलाली सदाको मलामी जनायो
खुले लाल पट्टा कतै लेप लायो
थियो कालनेमी मझेरी गुमायो
उनासी बिदा भै असी साल आयो ।४

अझै लुट्न ताना बुनेको खरायो
यता कान बुच्चो लगायो डरायो
सबै देश खाए डकारेर आयो
उनासी बिदा भै असी साल आयो ।५

पराया खलोमा सितारा सजायो
विदेशी कुलोमा दलाली रजायो
गुप्ताङ्ग छोप्दै अझै नाच्न लाग्यो
उनासी बिदा भै असी साल आयो ।६

यता चोर पस्दा भदालो हरायो
भताभुङ्ग चाला भकारी लुटायो
दले धुन्धुकारी डकार्दै भलायो
उनासी बिदा भै असी साल आयो ।७

०००
चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आकाश शून्य

आकाश शून्य

टङ्कराज ढकाल ‘तितेपाती’
आमा

आमा

टङ्कराज ढकाल ‘तितेपाती’
गरायौ हरायौ

गरायौ हरायौ

टङ्कराज ढकाल ‘तितेपाती’
सबै कुरा धनमाथि आश्रित

सबै कुरा धनमाथि आश्रित

टङ्कराज ढकाल ‘तितेपाती’
कता गयो कता गयो

कता गयो कता गयो

टङ्कराज ढकाल ‘तितेपाती’
कंस चरित्र

कंस चरित्र

टङ्कराज ढकाल ‘तितेपाती’
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
बोल्न नहुने के रोग लाग्यो कुनि ?

बोल्न नहुने के रोग...

बालकृष्ण खनाल
नयाँ आगो

नयाँ आगो

वासुदेव अधिकारी
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
0
Would love your thoughts, please comment.x
()
x