साइबर अपराध सम्बन्धी सचेतना सामग्री

श्रीपेच भिर्ने गरी

आशैआश छ मात्र जीवनभरी पाइन्न नौलो कुरा बोकाको बलि झैँ बनाइ रणमा पेल्दै छ रैती पुरा मान्छे छैन खुशी कतै भुवनमा नौलो नयाँ वर्षमा वर्षौदेखि सहेर कष्ट विपना नाँचेन कोही हर्षमा ।

Nepal Telecom ad

कोसेली नलिई नआउनु तिमी यो देशको माझमा
दुःखीका रसिला दुई नयनमा आभा भरी साँझमा
आयो वर्ष नयाँ घुमेर घरमा रित्तो भकारी सँगै
भारी छैन कतै बसन्त धनको आकाश धर्ती सँगै ।

खै के के छन योजना समूहमा यो वर्ष बाँड्ने कुरा
आशा मात्र छ देख्न भोग्न सपना धर्ती भरी माकुरा
रित्तो हात लिएर आउँछ सधैँ फर्केर हेर्दै घरी
भो भो भो अब भो पुगो मनभरी यो वर्ष यस्तै गरी ।

पायौँ लौ शुभकामना सबजना भै मख्ख यो वर्षमा
पायौँ लौ कति कष्ट जीवन भरी नौलो नयाँ हर्षमा
सत्तामा दस टाउके पुगिगए श्रीपेच भिर्ने गरी
रैतीको मनभित्र बास नहुने हिड्छौ तिमी के गरी ।

घुम्दै वर्ष भरी बसन्त वयमा हिड्ने नयाँ वर्ष यो
रित्तो भो शुभकामना मुलुकमा देखिन्न खै हर्ष यो
यस्ता वर्ष नयाँ युगौँ समयमा बेहाल आए गए
दुःखीका घरभित्र छैन रमिता उस्तै छ वर्षौ भए ।

आशैआश छ मात्र जीवनभरी पाइन्न नौलो कुरा
बोकाको बलि झैँ बनाइ रणमा पेल्दै छ रैती पुरा
मान्छे छैन खुशी कतै भुवनमा नौलो नयाँ वर्षमा
वर्षौदेखि सहेर कष्ट विपना नाँचेन कोही हर्षमा ।

०००
गाईघाट, उदयपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
लुकीछिपी बोतल खोल

लुकीछिपी बोतल खोल

माधव पोखरेल गोज्याङ्ग्रे
सत्ता समात्ने भए

सत्ता समात्ने भए

माधव पोखरेल गोज्याङ्ग्रे
मुसालाई शिक्षा

मुसालाई शिक्षा

माधव पोखरेल गोज्याङ्ग्रे
बोकाको बिहे

बोकाको बिहे

माधव पोखरेल गोज्याङ्ग्रे
गधाको कथा

गधाको कथा

माधव पोखरेल गोज्याङ्ग्रे
खोसेर खाँदै छ जो

खोसेर खाँदै छ जो

माधव पोखरेल गोज्याङ्ग्रे
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x