साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हेटौँडामा अधिकारीको ‘अर्गानिक’ गजल वाचन

मञ्चका अध्यक्ष केशव समर्पणको सभाध्यक्ष तथा सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिलको प्रमुख आतिथ्यतामा कार्यक्रम आयोजना गरिएको हो ।

Nepal Telecom ad

हेटौँडा, ०८० बैशाख २ । गजल मञ्च हेटौँडाले १९ औँ वार्षिकोत्सव तथा २०१औँ गजल यात्रा सम्पन्न गरेको छ ।

शनिबार सम्पन्न कार्यक्रममा मञ्चका अध्यक्ष केशव समर्पणको सभाध्यक्ष तथा सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिलको प्रमुख आतिथ्यतामा कार्यक्रम आयोजना गरिएको हो ।

मञ्चका पूर्व अध्यक्ष दीपक गौतमले दूर्गा लामिछाने नमुनाको परिकल्पनामा शुरू भ‌ई संस्थापक अध्यक्ष राम अविकास तथा पूर्व अध्यक्षहरू यश लामा, देवराज तिवारी रहेको र सबैले आ-आफ्नो तवरले विभिन्न सहयोग गर्दै यहाँसम्म आइपुगेको बताउनु भयो ।

२०१औँ गजल यात्रामा अमला अधिकारीलाई सुनिएको हो । उहाँले एक दर्जन बढी गजल वाचन गर्नुभ‌एको थियो ।

गजलकार अधिकारी बारे साहित्य संगम मकवानपुरका अध्यक्ष अनिता न्यौपानेले परिचय दिँदै उहाँका गजलले गाउँठाउँका मौलिकपनलाई जोड दिने गरेको बताउनु थियो ।

साहित्य समीक्षक घनश्याम घिमिरेले नेपालमा गजलको ऐतिहासिक यात्रा, परिवर्तन र आयामहरू, मूल विषय आदि बारे चर्चा गर्दै गजलको विकासमा रेडियो नेपाल, एफ‌एम रेडियो, पत्रपत्रिकाको भूमिका । साथै उहाँले अधिकारीका गजलहरूले महिला, मजदूर, किसान, गरीबजनको सशक्त नेतृत्व गरेको, वर्गीय, लैङ्गीक र जातीय विभेदको समेत सशक्त विरोध गर्दै ती गजलहरूले आफ्ना दिमागभन्दा मन हुँदै र संवेदनामा छोएकोले उहाँ एक ‘अर्गानिक’ गजलकारका रूपमा आफूले लिएको बताउनु भयो ।

मकवानपुरमा सिस्नुपानी, प्रलेस, नेपाली लेखक संघ, मातृभूमि साहित्य समाज, आँचल कला पुञ्ज, भीमविराग साहित्य कला प्रतिष्ठान, बुढ्यौली साहित्य समाज, नवसर्जक चौतारी, झरना साहित्यिक परिवार, मुक्तक मञ्च, किताबघर आदि संस्थाहरूले साहित्य उन्नयनमा यथेष्ट कार्यहरू गरिरहेका छन् ।

गजल मञ्चको यस कार्यक्रममा गजलकार अधिकारीलाई गजल सर्जक सम्मान समर्पण २०८० बाट सम्मानित गरिएको थियो ।

कार्यक्रम साहित्य संगम तथा सिस्नुपानी मकवानपुरको संयुक्त भवनमा आयोजना गरिएको हो । जसको सहजीकरण गजल मञ्च मकवानपुरका सचिव हरि पौड्यालले गर्नुभ‌एको हो ।

०००

हेटाैँडाबाट संप्रस पाैडेल

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x