सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

हन्तकाली

हाम्रा बाल र बालिका सब तँ खा नादान बन्दै तँ खा । हड्डी खा सब मासु खा वदनको मीठो छ भन्दै तँ खा ॥ जे जे मिल्छ कुलुक्क निल्छ सहजै एक्लै दिलाएर खा छोपी बस्छु म लाजले नयन यी सारा मिलाएर खा ॥

Nepal Telecom ad

खा खा खा अझ खा लुटी मुलुक खा हे हन्तकाली तँ खा ।
नारा भाषण खा पराल खर खा यो देश बाली तँ खा ॥
भोका, दीन, गरीब खा सडक खा बेचेर सीमा तँ खा ।
बाँच्नेका पसिना र आँसु सब खा यी जीव धीमा तँ खा ॥

आफ्ना मात्र बचाउँदै मुलुकमा सारा पराई तँ खा ।
अग्ला शैल, पहाड हेम चुचुरा हाम्रो तराई तँ खा ॥
खोला, ताल, नदी बजेट सब खा संस्कार भाषा तँ खा ।
हाम्रा पूर्वजका अपूर्व सपना झम्टेर आशा तँ खा ॥

काली खा लिपुलेक खा दशगजा कोशी दिलाई तँ खा ।
बाँडी बन्दुक गण्डकी रगत यी खोसी मिलाई तँ खा ॥
तिम्रा सेवक आरती भजनमा आवाज घण्टा बजी ।
डोली बोक्न समेत आतुर हुने जो नाम तिम्रै जपी ॥

कालो चेत विषाद सोच मनमा चिन्ता नमानी तँ खा ।
ढुङ्गा खा थप बालुवा मुलुकको हाम्रो जवानी तँ खा ॥
हाम्रो रक्तनली बगी नहर झैँ भेटे नछोडी तँ खा ।
भेटेका जति खा नदी बगर खा यो देश तोडी तँ खा ॥

हाम्रा बाल र बालिका सब तँ खा नादान बन्दै तँ खा ।
हड्डी खा सब मासु खा वदनको मीठो छ भन्दै तँ खा ॥
जे जे मिल्छ कुलुक्क निल्छ सहजै एक्लै दिलाएर खा
छोपी बस्छु म लाजले नयन यी सारा मिलाएर खा ॥

०००
पाटन २, सिलंगा, बैतडी
हाल :- पहलमानपुर, कैलाली

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
ढेवा महिमा

ढेवा महिमा

हेमराज पन्त
विडम्बना

विडम्बना

हेमराज पन्त
छायातन्त्र

छायातन्त्र

हेमराज पन्त
नियतिको लीला

नियतिको लीला

हेमराज पन्त
चाउरे पिरती

चाउरे पिरती

हेमराज पन्त
राष्ट्रिय इमान-बे-इमान !

राष्ट्रिय इमान-बे-इमान !

गायत्री परिरोशनी
डुबोस् देश के भो म सत्ता नछाडूँ ।

डुबोस् देश के भो...

घनश्याम रेग्मी
म्याऊँम्याऊँ

म्याऊँम्याऊँ

टङ्कराज ढकाल ‘तितेपाती’
जिन्दगी

जिन्दगी

खगेन्द्र नेउपाने
आगो र पानी

आगो र पानी

देव भट्टराई (२)
के बेच्न बाँकी छ र !

के बेच्न बाँकी छ...

हरिप्रसाद रिमाल