साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हन्तकाली

हाम्रा बाल र बालिका सब तँ खा नादान बन्दै तँ खा । हड्डी खा सब मासु खा वदनको मीठो छ भन्दै तँ खा ॥ जे जे मिल्छ कुलुक्क निल्छ सहजै एक्लै दिलाएर खा छोपी बस्छु म लाजले नयन यी सारा मिलाएर खा ॥

Nepal Telecom ad

खा खा खा अझ खा लुटी मुलुक खा हे हन्तकाली तँ खा ।
नारा भाषण खा पराल खर खा यो देश बाली तँ खा ॥
भोका, दीन, गरीब खा सडक खा बेचेर सीमा तँ खा ।
बाँच्नेका पसिना र आँसु सब खा यी जीव धीमा तँ खा ॥

आफ्ना मात्र बचाउँदै मुलुकमा सारा पराई तँ खा ।
अग्ला शैल, पहाड हेम चुचुरा हाम्रो तराई तँ खा ॥
खोला, ताल, नदी बजेट सब खा संस्कार भाषा तँ खा ।
हाम्रा पूर्वजका अपूर्व सपना झम्टेर आशा तँ खा ॥

काली खा लिपुलेक खा दशगजा कोशी दिलाई तँ खा ।
बाँडी बन्दुक गण्डकी रगत यी खोसी मिलाई तँ खा ॥
तिम्रा सेवक आरती भजनमा आवाज घण्टा बजी ।
डोली बोक्न समेत आतुर हुने जो नाम तिम्रै जपी ॥

कालो चेत विषाद सोच मनमा चिन्ता नमानी तँ खा ।
ढुङ्गा खा थप बालुवा मुलुकको हाम्रो जवानी तँ खा ॥
हाम्रो रक्तनली बगी नहर झैँ भेटे नछोडी तँ खा ।
भेटेका जति खा नदी बगर खा यो देश तोडी तँ खा ॥

हाम्रा बाल र बालिका सब तँ खा नादान बन्दै तँ खा ।
हड्डी खा सब मासु खा वदनको मीठो छ भन्दै तँ खा ॥
जे जे मिल्छ कुलुक्क निल्छ सहजै एक्लै दिलाएर खा
छोपी बस्छु म लाजले नयन यी सारा मिलाएर खा ॥

०००
पाटन २, सिलंगा, बैतडी
हाल :- पहलमानपुर, कैलाली

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पीडा

पीडा

हेमराज पन्त
गुनासो

गुनासो

हेमराज पन्त
म लाछी

म लाछी

हेमराज पन्त
आधुनिकता

आधुनिकता

हेमराज पन्त
जुकेबल

जुकेबल

हेमराज पन्त
सम्मानवाल

सम्मानवाल

हेमराज पन्त
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x