साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लीलाध्वज थापा साहित्य प्रतिष्ठानद्वारा प्रा.डा. ज्ञवाली सम्मानित

साहित्यको श्रीबृद्धिमा विशिष्ट योगदान दिएका साहित्यकार, महाकाव्यकार तथा समालोचक प्रा.डा.रामप्रसाद ज्ञवालीलाई लीलाध्वज थापा साहित्य प्रतिष्ठानका अध्यक्ष विजयध्वज थापाद्वारा एक भव्य कार्यक्रमका बीच सम्मानित गरिएको छ ।

Nepal Telecom ad

काठमाडौं, ०८० वैशाख ९ । नेपाली साहित्यिक क्षेत्रमा लामो समयदेखि अनवरत रुपमा तल्लीन रही साहित्यको श्रीबृद्धिमा विशिष्ट योगदान दिएका साहित्यकार, महाकाव्यकार तथा समालोचक प्रा.डा.रामप्रसाद ज्ञवालीलाई लीलाध्वज थापा साहित्य प्रतिष्ठानका अध्यक्ष विजयध्वज थापाद्वारा एक भव्य कार्यक्रमका बीच सम्मानित गरिएको छ । उक्त कार्यक्रम चिल्ड्रेन मोडल स्कुल बालुवाटारमा आयोजित गरियो ।

राष्ट्रिय गान बजाएर कार्यक्रमको शुरु गरिएको उक्त कार्यक्रममा साहित्यिक क्षेत्रमा लामो समयदेखि विशेष गरेर छन्द कविताका अभियन्ताका रुपमा परिचित ज्ञवालीले ‘यात्रा’ महाकाव्य छन्दमा प्रस्तुत गर्नुका साथै नेपाली साहित्यिक फाँटलाइ हराभरा र सजिसजाउ पारेको योगदानको कदर स्वरुप यशस्वी उपन्यासकार लीलाध्वज थापाको स्मृतिमा पारिवारिक श्रोतमा स्थापना भएको लीलाध्वज थापा साहित्य प्रतिष्ठानले सम्मानित गरेको हो ।

कार्यक्रम प्रतिष्ठानका अध्यक्ष विजयध्वज थापाको सभापतित्व तथा साहित्यकार, रामप्रसाद पन्त, प्रा.डा. गोविन्दमान सिंह कार्की, साहित्यकार ज्ञाननिष्ठ ज्ञवाली, रत्न विरही’ घिमिरेको आतिथ्यतामा मासिक रचना वाचन तथा स्रष्टा सम्मान कार्यक्रम सम्पन्न गरिएको थियो ।

कार्यक्रममा सम्मानित स्रष्टा महाकाव्यकार डा.ज्ञवालीले मदन पुरस्कार स्थापना भएकै समयमा लक्ष्मीप्रसाद देवकोटा, बालकृष्ण सम कवि शिरोमणि लेखनाथ पौडेल जस्ता महान साहित्यकारकै समयमा लीलाध्वज थापाले मदन पुरस्कार पाउनु चानचुने कुरा होइन, यसले वहाँको लेखनकलाको बिशिष्टता प्रतिबिम्बित हुने यस्ता प्रतिष्ठित साहित्यकारको नाउँबाट सम्मान ग्रहण गर्न पाउँदा अत्यन्त खुशी लागेको बिचार ब्यक्त गर्दै उहाँका सुपुत्र विजयध्वज थापाले पनि आफ्ना पिताको प्रेरणाले कविता, नियात्रा, मुक्तक, गीत लेखेर नेपाली साहित्यको श्रीवृद्धि गरेको चर्चा गर्न भयो ।

साथै सम्मान पुरस्कार भनेको ठूलो सानो नहुने र श्रद्धाले गरेको सबै सम्मान ठूलो हुने बताउँदै पिताजीको नाउँमा प्रतिष्ठान स्थापना गरेर नियमित रुपमा मासिक रचना वाचन तथा अग्रज स्रष्टालाई सम्मान गर्ने कार्यक्रम गर्दै आएकोमा प्रशंसा गर्नु भयो । आफूलाई सम्मान पुरस्कार दिन्छु भन्दैमा त्यो पुरस्कार र सम्मानको उद्धेश्य र पुरस्कारको स्रोतका बारेमा स्पष्ट बुझेर मात्र सम्मान पुरस्कार स्वीकार गर्ने गरेको हुनाले लीलाध्वज थापा जस्ता स्थापित साहित्यकारको नाममा रहेको स्वच्छ प्रतिष्ठानले सम्मान गर्ने कार्य भएकोले र वहाँप्रतिको श्रद्धाले ग्रहण गरेको उल्लेख गरेको ज्ञवालील बताउनु भयो ।

कार्यक्रममा अग्रज साहित्यकार रामप्रसाद पन्तले कार्यक्रमका अतिथिहरूलाई स्वागत गर्दै सम्मानित हुनुभएका साहित्यकार डा.ज्ञवाली सम्बन्धमा प्रकाश पार्दै मन्तव्यका क्रममा लीलाध्वज थापाका सुपुत्र विजयध्वज थापाले पारिवारिक रुपमा स्रोतको ब्यवस्थापन गरि पिताजीको नाउँमा प्रतिष्ठान स्थापना गरेर रचना वाचन तथा अग्रज स्रष्टालाई सम्मान गर्दै लीलाध्वज थापाको नाउँलाई अमर तुल्याएको चर्चा गर्दै प्रशंसा गरेका छन् ।

कार्यक्रममा प्रा.डा.गोविन्दमान सिंह कार्कीले देशको बिग्रँदो अवस्था बारे प्रकाश पार्दै अब साहित्यकारहरूले पुनः राष्ट्रिय भाव सहितको जागरूकता बढाउने खालका जागरण गराउने खालका साहित्य सृजना गरि राष्ट्र र राष्ट्रियता बलियो बनाउनु पर्ने बेला आएको बताएका थिए ।साथै साहित्यकार रत्न बिरही घिमिरेले सम्मानित श्रष्टा ज्ञवाली संग आफ्नो छन्द अभियानको सहयात्रा रहेको चर्चा गरेका थिए ।

कार्यक्रममा प्रा.डा. रामप्रसाद ज्ञवाली, प्रा.डा गोविन्दमान सिंह कार्की, रत्न विरही घिमिरे, मुकुन्द न्यौपाने विजयध्वज थापा, उत्तम विचार, जयराम विडारी, रूवी सत्याल, सुशान्त केसी, कुमार नेपाल, कृष्णप्रसाद पौडेल, द्वारिका ढुंगाना, राजेन्द्र खनाल, सुन्दर खड्का, सुरेशराज वैद्य, त्रिभुवन चन्द्र वाग्ले, सुभाषचन्द्र पौडेल, मदनप्रसाद नेपाल, शैलेन्द्रकुमार शाह, सस्मीरा अर्याल, मुकुन्द पौडेल, शम्भुप्रसाद गजुरेल, ज्ञाननिष्ठ ज्ञवाली, वासुदेव खनाल, सीता दाहाल, जीत कार्की, आवेश मिश्र, लक्ष्मण तिमल्सिना, गुप्तबहादुर श्रेष्ठ, केशव ज्ञवाली आंगत, राजकाजी रंजित, उर्मिला पन्त पाण्डेय, गीता खनाल, धरणीधर गुरागाईं, उत्तम विचार, उमेश पाण्डे लगायतले आआफ्ना रचना वाचन गरेका थिए ।

स्रष्टा उत्तम विचारद्वारा आकर्षक रुपमा संचालन गरिएको उक्त कार्यक्रमको अन्त्यमा सभाध्यक्ष विजयध्वज थापाले सयौं पुस्तकहरू प्रकाशित गरिसकेका, नियात्राका बारेमा महाकाव्य लेखेर चर्चाको शिखर चढ्न सफल वरिष्ट समालोचक, महाकाव्यका सर्जक सम्मानित स्रष्टा प्रा.डा. ज्ञवालीलाई आफ्नो संस्थाले सम्मान गर्न पाएर स्वयं लीलाध्वज थापा साहित्य प्रतिष्ठान समेत सम्मानित भएको धारणा व्यक्त गर्दै नववर्ष २०८० को उपलक्षमासमेत आयोजना गरिएको उक्त कार्यक्रममा वाचन गरिएका रचनाका उच्च सम्मान गर्दै ३३ जना स्रष्टालाई कदर-पत्रले सम्मानित गरिएको बताए ।

प्रतिष्ठानले हालसम्म ७६ अग्रज तथा विशिष्ट स्रष्टालाई स्रष्टा सम्मानले सम्मानित गर्न पाउँदा खुशी लागेको बिचार व्यक्त गर्दै उपस्थित सम्पूणर् स्रष्टाप्रति उनले हार्दिक आभार व्यक्त गरेका थिए ।

०००
– जयराम बिडारी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x