साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सबै खतरामा छन् !

गरिबी अशिक्षा र बेरोजगारी कै कारण रोगभोकले कर्णाली बाजुरा खतरामा छन् प्रवासीको कमाइ नै बुहारीले उड़ाउँदा घरमा भने सासूससुरा खतरामा छन् ।

Nepal Telecom ad

सुन्दै छु आजभोलि चुचुरा खतरामा छन्
विदेशी बालुवामा पाखुरा खतरामा छन्

देशका नदीनाला बेचिसके नेताहरूले
अब ती पहाड र टाकुरा खतरामा छन्

बाबुआमा दुर्व्यसनीतिर उन्मुख हुँदा
कलिला निर्दोष ती भुरा खतरामा छन्

बालश्रम लुट्ने लुटेराहरू बढ्नाले नै
सांसदकै घरभित्र टुहुरा खतरामा छन्

गरिबी अशिक्षा र बेरोजगारी कै कारण
रोगभोकले कर्णाली बाजुरा खतरामा छन्

प्रवासीको कमाइ नै बुहारीले उड़ाउँदा
घरमा भने सासूससुरा खतरामा छन् ।

०००
सानोठिमी, भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
छ बाँकी चिनारी र बाटो लजायो

छ बाँकी चिनारी र...

नदी भट्टराई
कतै चित् कतै पाेट् बनिस् क्या इमान

कतै चित् कतै पाेट्...

पुरूषाेत्तम सिग्देल
छोडी जानेको ठूलो गुन

छोडी जानेको ठूलो गुन

महेन्द्र उपाध्याय
जहर पनि पिउने रहर भएछ

जहर पनि पिउने रहर...

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x