सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

श्वान-हनुमान लीला !

ढुक्कैसँग भन् तेरो सत्ता नेपालकै स्वर्णिम काल ! श्वान-हनुमान्बाटै मिल्ने सत्ताको यो स्वाद कमाल गिदी नदुखा स्वाँठे ‘पट्टु’ राजनीति इन्द्रकै जाल !

Nepal Telecom ad

हिजोको सहयोद्धा साथी
सत्ताधारी आज कमाल !
तेरो विगत दुःस्वप्नझैँ
आज भइस् क्या मालामाल !

ईर्ष्या गर्ने गर्दैरहन्छन्
भोका-नाङ्गा सब बेहाल
रिसले मर्ने मर्दै गर्छन्
जित्नेहरूकै हो नेपाल !

भयो पुर्पुरोमा जनको
बाढी-पहिरो औ अनिकाल
केही तैंले पनि दे भाइ
फैला पूरै भाषण-जाल !

गुलियो चट्ट चटाउँदै
ख्वाउनुपर्छ मीठो माल
मासु-चोक्टा नहोस् न बरु
हाडका टुक्राहरू नै फाल् !

मीठा सपना बाँड्दै गर्नू
कोही गर्छ भने बबाल
सिक्री खोलिदिउँला भाइ
टोक्ने विदेशी कुकुर पाल् !

सुक्छ सुकोस् यो मेची-काली
सगरमाथा होस् पाताल
आलोचना, दोषारोपण
मात्र शत्रुहरूको चाल !

विपक्षीलाई देखाउँला
बन् तँ हाम्रो बलियो ढाल
चुनाब हामी जिताउँला
चाहिए खै बन्दुक-नाल !

ढुकुटी सबै रित्याएछस्
हाम्रो झोलीभित्र पनि हाल्
अनि हेर्नू तँ हाम्रो शक्ति
बनाउँला यो धर्ती लाल !
सोझो गरी घिउ निस्कन्न
पार्नै पर्दछ बाङ्गो चाल

ढुक्कैसँग भन् तेरो सत्ता
नेपालकै स्वर्णिम काल !
श्वान-हनुमान्बाटै मिल्ने
सत्ताको यो स्वाद कमाल

गिदी नदुखा स्वाँठे ‘पट्टु’
राजनीति इन्द्रकै जाल !

०००
दाङ

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
प्रभो ! फेरि जन्म होस् त नेपालमै होस्

प्रभो ! फेरि जन्म...

उत्तमकृष्ण मजगैयाँ
धरोधर्म हजुर !

धरोधर्म हजुर !

उत्तमकृष्ण मजगैयाँ
म ठूलो !

म ठूलो !

उत्तमकृष्ण मजगैयाँ
कवि ‘विद्रोही’ : एक परिचय

कवि ‘विद्रोही’ : एक...

उत्तमकृष्ण मजगैयाँ
श्वान-हनुमान लीला !

श्वान-हनुमान लीला !

उत्तमकृष्ण मजगैयाँ
ट्याब्लेटको मान्छे

ट्याब्लेटको मान्छे

उत्तमकृष्ण मजगैयाँ
जिन्दगी

जिन्दगी

खगेन्द्र नेउपाने
आगो र पानी

आगो र पानी

देव भट्टराई (२)
के बेच्न बाँकी छ र !

के बेच्न बाँकी छ...

हरिप्रसाद रिमाल
धरोधर्म गर्छु (२३)

धरोधर्म गर्छु (२३)

डिल्लीप्रसाद मूलतिहुन
पानीमाथिका सपनाहरू

पानीमाथिका सपनाहरू

केशव ज्ञवाली ‘आगत’
बेताल छ

बेताल छ

प्रकाश अर्याल ख