साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पदक

प्रयोजनविहीन प्रमाणपत्र च्यापेर घर फर्कदै गर्दा, टेक्सीका चालकले सोधे- “सर पदक त जितेर आउनु भएछ तपाईंले खेल्ने क्लब चाहिँ हुन हो ? तपाईंले खेलेको खेल चाहिँ कुन हो ? साँच्चै सर, तपाईंले पछारेको अर्को खेलाडी चाहिँ को हो ?”

Nepal Telecom ad

पोहोरसम्म विरोध गरकै हो
विना आधार आफ्नाहरूलाई दिन्छन् भनेकै हो
यसपाली त हतार हतार दौरा सुरुवाल सिलाएर
पदक थाप्न पनि गएकै हो
फोटो खिचिदिने कोही नपाएर
यौटा सेल्फी आफैँले हानेको हो
साथी आखिर पदक त पदकै हो
यसपाली विरोध नगरौं कि भनेर चुप लागेकै हो

किन पाएको थाहा भएन
कुन श्रेणीको पाउनु पथ्र्यो, त्यो पनि थाहा भएन
तर साथी, यसपाली त मैले पनि पाएकै हो
सरकारले सिफारिश गरेछ, राष्ट्रपतिको हातबाटै पाएको हो

शीरमा, सरकार जस्तै कालो टोपी
शरीरमा, विचौलियाले नपत्याएका
साँसदहरूजस्तै सफेद दौरा सुरुवाल
गर्दनमा, राष्ट्रको बोझ जस्तै झुण्डिएको चमकहीन पदक, र
हातमा, आफ्नै घरको भित्ताले पनि नपत्याउने,
प्रयोजनविहीन प्रमाणपत्र च्यापेर
घर फर्कदै गर्दा, टेक्सीका चालकले सोधे-
“सर पदक त जितेर आउनु भएछ
तपाईंले खेल्ने क्लब चाहिँ हुन हो ?
तपाईंले खेलेको खेल चाहिँ कुन हो ?
साँच्चै सर,
तपाईंले पछारेको अर्को खेलाडी चाहिँ को हो ?”

०००
फोन : ९८५१०३८७८४
२०८० वैशाख २ गते

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
देउता‚ अनि तिमी चाहिँ किन चुप ?

देउता‚ अनि तिमी चाहिँ...

राजेन्द्रप्रसाद अधिकारी
सपनामाथि तपाईंहरु कत्तिको विश्वास गर्नुहुन्छ…?

सपनामाथि तपाईंहरु कत्तिको विश्वास...

राजेन्द्रप्रसाद अधिकारी
तपाईंलाई चिन्ने कसरी हो ?

तपाईंलाई चिन्ने कसरी हो...

राजेन्द्रप्रसाद अधिकारी
हैन के छ त्यस्तो हाम्रो देशमा…

हैन के छ त्यस्तो...

राजेन्द्रप्रसाद अधिकारी
टोलको यौटा मासुपसल

टोलको यौटा मासुपसल

राजेन्द्रप्रसाद अधिकारी
गलेको काँध र मक्किएको झोला

गलेको काँध र मक्किएको...

राजेन्द्रप्रसाद अधिकारी
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
0
Would love your thoughts, please comment.x
()
x