बालबालिकालाई मोबाइलको लतबाट जोगाऔ

पदक

प्रयोजनविहीन प्रमाणपत्र च्यापेर घर फर्कदै गर्दा, टेक्सीका चालकले सोधे- “सर पदक त जितेर आउनु भएछ तपाईंले खेल्ने क्लब चाहिँ हुन हो ? तपाईंले खेलेको खेल चाहिँ कुन हो ? साँच्चै सर, तपाईंले पछारेको अर्को खेलाडी चाहिँ को हो ?”

Nepal Telecom Spring Offer

पोहोरसम्म विरोध गरकै हो
विना आधार आफ्नाहरूलाई दिन्छन् भनेकै हो
यसपाली त हतार हतार दौरा सुरुवाल सिलाएर
पदक थाप्न पनि गएकै हो
फोटो खिचिदिने कोही नपाएर
यौटा सेल्फी आफैँले हानेको हो
साथी आखिर पदक त पदकै हो
यसपाली विरोध नगरौं कि भनेर चुप लागेकै हो

किन पाएको थाहा भएन
कुन श्रेणीको पाउनु पथ्र्यो, त्यो पनि थाहा भएन
तर साथी, यसपाली त मैले पनि पाएकै हो
सरकारले सिफारिश गरेछ, राष्ट्रपतिको हातबाटै पाएको हो

शीरमा, सरकार जस्तै कालो टोपी
शरीरमा, विचौलियाले नपत्याएका
साँसदहरूजस्तै सफेद दौरा सुरुवाल
गर्दनमा, राष्ट्रको बोझ जस्तै झुण्डिएको चमकहीन पदक, र
हातमा, आफ्नै घरको भित्ताले पनि नपत्याउने,
प्रयोजनविहीन प्रमाणपत्र च्यापेर
घर फर्कदै गर्दा, टेक्सीका चालकले सोधे-
“सर पदक त जितेर आउनु भएछ
तपाईंले खेल्ने क्लब चाहिँ हुन हो ?
तपाईंले खेलेको खेल चाहिँ कुन हो ?
साँच्चै सर,
तपाईंले पछारेको अर्को खेलाडी चाहिँ को हो ?”

०००
फोन : ९८५१०३८७८४
२०८० वैशाख २ गते

Fitkauli Publication Books comming soon
Nepal Telecom Spring Offer
काका र काकाहरू

काका र काकाहरू

राजेन्द्रप्रसाद अधिकारी
किसान र सरकार

किसान र सरकार

राजेन्द्रप्रसाद अधिकारी
कुकुर, पर्खाल र म : एक जीवन

कुकुर, पर्खाल र म...

राजेन्द्रप्रसाद अधिकारी
पदवी र विभूषण नदेऊ सरकार

पदवी र विभूषण नदेऊ...

शम्भु जमरकट्टेल हेदाङ्ने
फोटो खिचाउने तालिम

फोटो खिचाउने तालिम

रामदेव पाण्डे
काठमाण्डू

काठमाण्डू

अर्जुन पराजुली
डेँगू

डेँगू

डा. रामप्रसाद ज्ञवाली
कुकुरदेखि सावधान !

कुकुरदेखि सावधान !

गाेपाल काफ्ले