साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सरकार, सरकार बनाऊ

चलाऊ आफ्नो भाग्यको आरा यिनका आङ् खसुन् कि लगौंटी च्यातिउन् काम नपाएर बिग्रिउन् कि रोग लागेर सिद्दिउन् सरकार, तिमी केवल सरकार बनाऊ !

Nepal Telecom ad

तिमी सरकार बनाऊ, बनाई रहु
चुपचाप सरकार फेरि फेरि बनाई रहु
एउटा फाल्न लाग सरकार
अर्को बनाउन लाग सरकार
आज एउटालाई सपथ ख्वाऊ
भोलि अर्कोको पालो फर्काऊ
जेहोस् सरकार बनाई रहु !

आइते, सोमे, मङ्गले, बुधे, बिहे र शुक्रे
शनिश्वरे सातैदिन छुट्टी वेगर बेघरे
चैते वैशाखे पुषे र कार्तिके
बाँकी मैना तीन तेह्र दिने
बेनामे, बेवारिसे फ्याँकिने पत्रु पत्रे
सबै मन्त्री बन्न लस्करै लसक्क लस्के
मच्चाऊ माथापच्चिस पद बाँड्न
तल गराऊ आन्दोलन समाज भाँड्न
कैँची चलाऊ माथितिर उफ्रिउफ्री
बजाऊ दन्त सुर्की पाखुरा लगाऊ घुर्की
मालदार मन्त्रालय हात पार्न
बँचे खुचेको द्रव्य थैली निखार्न !

थोरै दिन भए पनि अलिकति लम्ब्याउन
राष्ट्रका अंगहरू खोलखाल गरी भ्याउन
अपराध, मुद्दा फिरौती साँटासाँट गरी
विकृति विसंगति सत्तामा घोलघाल पारी
मिलीजुली झिलिमीली तिम्रा आगन
सुख सयल मोज मस्तिमा बाँचन ।

रजाइँ गर्न कजाई राख्न आरोहण सत्ताको
भागिदार बनाई ती धुपदिपवाला भत्ताको
मान्छे निर्यात गरि घरिघरि रित्ता गाउँ बस्ती
आयात नुनतेल गरि बिचौलीहरू सहर बस्ती
फाँचो राष्ट्र धनको पठाई परदेशतिर
ऐस आराम यो धर्तिको उपदेश दिएर !
फेर मन्त्री फेरि रहु
गर आफ्नो काम गरि रहु ।

गर बिस्तार मन्त्री परिषद
थप मन्त्री आफ्ना भरिसक
यताउता तलमाथि दायाँबायाँ कतै नगर
बाटोघाटो पुलपुलेसा कुला र नहर
बिजुली पानी होस् कि नहोस्
सडक बिग्रियोस् कि भत्कियोस्
अन्न पानी मिलोस् कि नमिलोस्
खेतिपाती फलोस् कि न फलोस्
स्वास्थ्य शिक्षा त चाहिएकै थिएन
विरामी त नेता वाहेक पाइएकै थिएन ।

बनाऊ सरकार मन्त्री फेर
अन्त ध्यान कि दिनु पर्‍यो हेर ?
माथि मिलाऊ सबै सकभर
तल मिलाऊ आफ्ना भएभर
अरू चिजको केको दरकार ?
बनाऊ मिलिजुली आलो पालो सरकार ।

केको चिन्ता यी दुर्गम बस्तीको
केको चिन्ता यिनले पाएका सास्तिको
न खोलामा पुल
न त पानी खाने मुल
हो, यिनी जन्मिदै कहाँ सुखी थिए र
यिनी आएका हुन् यस्तै भाग्य लिएर
छोडिदेऊ यिनका व्यथाका कथा
चलाऊ आफ्नो भाग्यको आरा
यिनका आङ् खसुन् कि लगौंटी च्यातिउन्
काम नपाएर बिग्रिउन् कि रोग लागेर सिद्दिउन्
सरकार, तिमी केवल सरकार बनाऊ !

०००
मार्तडी, बाजुराबाट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अज्ञानताको विज्ञान

अज्ञानताको विज्ञान

शिवप्रसाद जैशी
गणित पुराण

गणित पुराण

शिवप्रसाद जैशी
म भक्त हुँ

म भक्त हुँ

शिवप्रसाद जैशी
फर्मान प्रेमी

फर्मान प्रेमी

शिवप्रसाद जैशी
निस्सासिएछ हावा

निस्सासिएछ हावा

शिवप्रसाद जैशी
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
0
Would love your thoughts, please comment.x
()
x