साइबर अपराध सम्बन्धी सचेतना सामग्री

राजाको कोपरा

अचानक एक दिन एउटा दासले राजाबाट हिरा उपहारमा पाएकोमा खुशी हुँदै अरूलाई देखायो । चमक्दार हिरा पाउन अरूले पनि निकै जोड गरे । संभव भएन । अन्तमा दासहरू बीच हात हालाहालको स्थिति आयो ।

Nepal Telecom ad

यसै पनि राजा त्यसमा उनी निकै शक्तिशाली र सौखिन थिए । उनका नोकर चाकर नै अनगिन्ती थिए । लाउन-खान मात्रै नभइ उनी ‘सौच गर्ने कला’मा पनि सौखिन थिए । यत्रतत्र हिरा माणिक्यले झकिझकाउ घरमा सौच गर्ने कोपरा पनि सुनको चमकदार थियोे ।

‘सौच’ पछि कोपरा दासहरूले सफा गरेर ल्याउने गर्थे । सौच सफा गरे बापत राजा कोपरा बोक्नेलाई केही बक्सिस् दिन्थे । बक्सिस् पाउने लोभ एकातिर, सुनको कोपरा छुने रहर अर्कोतिर । त्यति मात्रै हैन राजाको नजिक बनी बफादारिता निभाउने रणकौशको खेलले गर्दा नोकरहरूमा कोपरा सफा गर्ने हानथाप मज्जाले चल्थ्यो ।

नोकरहरू नागरिक हुनुको अधिकार बिर्सेर चाकरीमा जुटिरहन्थे अर्थात कोपरा बोक्ने पालो पर्खेर बसिरहन्थे ।

अचानक एक दिन एउटा दासले राजाबाट हिरा उपहारमा पाएकोमा खुशी हुँदै अरूलाई देखायो । चमक्दार हिरा पाउन अरूले पनि निकै जोड गरे । संभव भएन । अन्तमा दासहरू बीच हात हालाहालको स्थिति आयो । तब राजाले दासलाई बुझाउँदै भने- “यो काम गर्न त नक्कल हैन अक्कल चाहिन्छ । पहिले देशको हिरा बाहिरी देशमा पठाउन पर्छ, अनि उतैबाट उपहार स्वरूप प्राप्त गर्नपर्छ ।” राजाको कुरामा दासहरू सहमत हुँदै हिरा विदेश पठाउन लाग्दा, जनताले थाहा पाएर दासलाई भ्रष्टाचारको मुद्दा हाल्न सफल भए ।”

यो आजको दैनिकमा प्रकाशित समाचार हो भनेर सरले विद्यार्थीलाई कथा सुनाउनुभयो ।

०००
रातोपुल, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सम्बन्ध

सम्बन्ध

अन्जु शर्मा
दासत्वमा नारी

दासत्वमा नारी

अन्जु शर्मा
बाध्यता 

बाध्यता 

अन्जु शर्मा
भट्टी पीडा

भट्टी पीडा

अन्जु शर्मा
भाउजूको बिहे

भाउजूको बिहे

अन्जु शर्मा
नेताको व्यथा

नेताको व्यथा

रामकुमार पाँडे
अज्ञानताको विज्ञान

अज्ञानताको विज्ञान

शिवप्रसाद जैशी
जङ्गली समाज !!

जङ्गली समाज !!

कलानिधि दाहाल
दाइजात्रा !

दाइजात्रा !

गायत्री परिरोशनी
प्रतिबिम्ब

प्रतिबिम्ब

लक्ष्मी रिजाल
अनुहार

अनुहार

नगिता लेप्चा राई
0
Would love your thoughts, please comment.x
()
x