बालबालिकालाई मोबाइलको लतबाट जोगाऔ

कुकुर, पर्खाल र म : एक जीवन

अगाडिपट्टि ठडिएको अग्लो पर्खालको बिचमा म एक शैक्षिक बेरोजगार युवा क्रमशः हतोत्साही हुँदै गइरहेको छु थाहा छैन खै ! देशले समृद्धि प्राप्त गर्दाको क्षणसम्म देशभित्रकै शिकारी कुकुरबाट म बचेको हुन्छु कि हुन्न !

Nepal Telecom Spring Offer

राजेन्द्रप्रसाद अधिकारी

देशमा आएको राजनैतिक परिवर्तनपछि
आफ्नो जीवनमा पनि
केही परिवर्तन त
अवश्य नै
आउने छ भन्ने निश्चयका साथ
अभावै अभावले थिलथिलिएको शरीर,
अन्यौल र अलमलले भरिएको दिमाग,

विश्वविद्यालयले प्रदान गरेको
ज्ञान र सीपविनाको प्रमाणपत्र
ज्याकेटको भित्रपट्टि छातीमा
जतनसाथ टाँसेर
नेताहरूले भरिएको शहरमा
अनायसै पसेको म
खै ! एकाएक
अग्लो पर्खालको
अघिल्तिर उभिन आइपुगेको छु,
पछाडिबाट कुनै अजङ्गको
शिकारी कुकुरको भुकाइको आवाज
नजिक आइरहेको आभास भइरहेको छ,
खल्तीको मोबाइलमा
श्रद्धासाथ सुन्ने गरेको नेताको
जोसिलो र गर्विलो भाषण
सदाझैँ बजिरहेको छ-
खै ! एकाएक
लासजस्ता गहुँगा लाग्छन् तिनीहरू, र
बान्ताजस्ता गन्हाउँछन् तिनका शब्दहरू ।

कुकुरको हैसियत पत्ता लगाउन सक्ने, वा
कुकरलाई तह लगाउन सक्ने
ज्ञानविनाको,
अग्ला पर्खालहरू फड्कन सक्ने, वा
अग्ला पर्खालहरूमा प्वाल पार्न सक्ने
सीपविनाको
यौटा प्रमाणपत्र छ
ज्याकेटको भित्रपट्टि
छातीमा टाँसेर राखेको
तर, पछाडिबाट
शिकारी कुकुर नजिकिँदैको आभास, र
अगाडिपट्टि ठडिएको
अग्लो पर्खालको बिचमा
म एक शैक्षिक बेरोजगार युवा
क्रमशः हतोत्साही हुँदै गइरहेको छु
थाहा छैन खै !
देशले समृद्धि प्राप्त गर्दाको क्षणसम्म
देशभित्रकै शिकारी कुकुरबाट
म बचेको हुन्छु कि हुन्न !

०००
‘आजको आकाश’, तेस्रो संयुक्त कवितासङ्ग्रह- (२०७९)

फित्काैलीको सूचना
Nepal Telecom Spring Offer
पदक

पदक

राजेन्द्रप्रसाद अधिकारी
गणतन्त्रले के के दियो ?

गणतन्त्रले के के दियो...

कृष्णशरण उपाध्याय पाैडेल
आम माफी

आम माफी

उत्तम विचार
हामी ग्वाँचे

हामी ग्वाँचे

भोलानाथ सुबेदी
गणतन्त्रले

गणतन्त्रले

प्रभास घिमिरे
रतेलीको रौनक

रतेलीको रौनक

डा. बमबहादुर जिताली