साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कुकुर, पर्खाल र म : एक जीवन

अगाडिपट्टि ठडिएको अग्लो पर्खालको बिचमा म एक शैक्षिक बेरोजगार युवा क्रमशः हतोत्साही हुँदै गइरहेको छु थाहा छैन खै ! देशले समृद्धि प्राप्त गर्दाको क्षणसम्म देशभित्रकै शिकारी कुकुरबाट म बचेको हुन्छु कि हुन्न !

Nepal Telecom ad

राजेन्द्रप्रसाद अधिकारी

देशमा आएको राजनैतिक परिवर्तनपछि
आफ्नो जीवनमा पनि
केही परिवर्तन त
अवश्य नै
आउने छ भन्ने निश्चयका साथ
अभावै अभावले थिलथिलिएको शरीर,
अन्यौल र अलमलले भरिएको दिमाग,

विश्वविद्यालयले प्रदान गरेको
ज्ञान र सीपविनाको प्रमाणपत्र
ज्याकेटको भित्रपट्टि छातीमा
जतनसाथ टाँसेर
नेताहरूले भरिएको शहरमा
अनायसै पसेको म
खै ! एकाएक
अग्लो पर्खालको
अघिल्तिर उभिन आइपुगेको छु,
पछाडिबाट कुनै अजङ्गको
शिकारी कुकुरको भुकाइको आवाज
नजिक आइरहेको आभास भइरहेको छ,
खल्तीको मोबाइलमा
श्रद्धासाथ सुन्ने गरेको नेताको
जोसिलो र गर्विलो भाषण
सदाझैँ बजिरहेको छ-
खै ! एकाएक
लासजस्ता गहुँगा लाग्छन् तिनीहरू, र
बान्ताजस्ता गन्हाउँछन् तिनका शब्दहरू ।

कुकुरको हैसियत पत्ता लगाउन सक्ने, वा
कुकरलाई तह लगाउन सक्ने
ज्ञानविनाको,
अग्ला पर्खालहरू फड्कन सक्ने, वा
अग्ला पर्खालहरूमा प्वाल पार्न सक्ने
सीपविनाको
यौटा प्रमाणपत्र छ
ज्याकेटको भित्रपट्टि
छातीमा टाँसेर राखेको
तर, पछाडिबाट
शिकारी कुकुर नजिकिँदैको आभास, र
अगाडिपट्टि ठडिएको
अग्लो पर्खालको बिचमा
म एक शैक्षिक बेरोजगार युवा
क्रमशः हतोत्साही हुँदै गइरहेको छु
थाहा छैन खै !
देशले समृद्धि प्राप्त गर्दाको क्षणसम्म
देशभित्रकै शिकारी कुकुरबाट
म बचेको हुन्छु कि हुन्न !

०००
‘आजको आकाश’, तेस्रो संयुक्त कवितासङ्ग्रह- (२०७९)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
सपनामाथि तपाईंहरु कत्तिको विश्वास गर्नुहुन्छ…?

सपनामाथि तपाईंहरु कत्तिको विश्वास...

राजेन्द्रप्रसाद अधिकारी
तपाईंलाई चिन्ने कसरी हो ?

तपाईंलाई चिन्ने कसरी हो...

राजेन्द्रप्रसाद अधिकारी
हैन के छ त्यस्तो हाम्रो देशमा…

हैन के छ त्यस्तो...

राजेन्द्रप्रसाद अधिकारी
टोलको यौटा मासुपसल

टोलको यौटा मासुपसल

राजेन्द्रप्रसाद अधिकारी
गलेको काँध र मक्किएको झोला

गलेको काँध र मक्किएको...

राजेन्द्रप्रसाद अधिकारी
उफ ! किन सोध्दैन गाउँ…?

उफ ! किन सोध्दैन...

राजेन्द्रप्रसाद अधिकारी
म बुढो भएकै हो

म बुढो भएकै हो

मीनप्रसाद लामिछाने
शक्ति र सिध्दान्त

शक्ति र सिध्दान्त

डा. विदुर चालिसे
स्वाभिमान

स्वाभिमान

डा. श्यामप्रसाद न्यौपाने
म भक्त हुँ

म भक्त हुँ

शिवप्रसाद जैशी
अह‌ङ्कारको आगो

अह‌ङ्कारको आगो

प्रा. कपिल अज्ञात
0
Would love your thoughts, please comment.x
()
x