साइबर अपराध सम्बन्धी सचेतना सामग्री

केही अलौकिक खुशीहरू

यो अचम्मको जटिल समयमा, नाटकमय वाताबरणमा “बच्चा” हुन सजिलो छैन । दुनियाँको लागि “जरा हटके” भएको एउटा लहडी, “प्रोफेसर ढुक्कनारायण चौधरी” बलराम दंगालको दाजु यो कंगाल आज मालामाल भएको छ ।

Nepal Telecom ad

धनराज गिरी :

जीवन एक दुःख यात्रा नै हो । दुःखबाट शुरु भएमा सुखमा र सुखबाट शुरु भएर दुःखमा अन्त्य भए त केही थिएन । तर त्यस्तो हुन्न, कथा, उपन्यास, चलचित्र जस्तो होइन जीवन, दुःख नै आरम्भ र दुःख नै इति । सबैको जीवनमा उस्तै हो । २०५८ साल जेठ १९ गते शुक्रबार संझिदा अझ पनि आङ जिरिङ्ग हुन्छ । अरु त्यस्ता घटनाहरू पनि छन् । चरम आर्थिक शोषणमा पर्दा पनि दुःख लाग्छ, चित्त दुख्छ । आज मिति २०८० साल बैशाख २० गते, छोरी अनिता कोइरालाले आफ्नो मुहार पुस्तिकाको भित्तोमा साहित्य पोष्टमा प्रकाशित “दोस्ती रेग्मी” को कथा “संताप” पढ्दा झट्ट “अपरिचित अनुहारहरू” र “गोदाबरी फुलेन” संझिन पुगे । मन पुग्यो बैकुण्ठ र कैलाशमा । मन कस्तो कस्तो भित्र “रमाकान्त सापकोटालाई” पनि संझिए । महेशपुरदेखि चारखोलाको आँगनीसम्म पुगेर मन “त्यो उज्यालो कणर्ालीमा” गएर रोकियो ।

“सन्तापका धूनहरू” संझिएपछि सम्पूर्ण शोकहरू अशोक बाटिकामा पुगे । दुःख छ । मेरो जीवनमा पनि छ । भोगेकै हो । एकान्तमा रोएकै हो । निर्दोष हुँदा हुँदै पनि अति नजीक मानिएका पात्रहरूद्धारा उपेक्षा गरेजस्तो लागेकै हो । सायद,दिनहरू सधैं एकनासे हुन्नन् । “जीवन चक्र, कहिले सोझो, कहिले वक्र” आफैंले लेखेकै हो ।

केही अलौकिक खुशीहरू आए जीवनमा । मलाई खुशी हुन, रमाउन धेरै ठूला ठूला कुराहरू चाहिन्न । सानो सानो कुराहरूले नै खुशी दिन्छ, कल्पनातीत कहिल्यै भेट नभएकी चेली “लन्डनवाली” “इन्दिरा कँडेलले” “एउटा गजल मेरो नाममा” भन्छिन् खुशी लाग्छ । कसैले हिन्दी गीतको फर्माइस गर्दा खुशी लाग्छ । चेलाचेलीले संझिदा खुशी लाग्छ । खकुरेल बाले “बदमास” भन्दा खुशी लाग्छ । रामशरण पाठक दाजी र कोषराज न्यौपाने दाजीले हप्काउँदा खुशी लाग्छ । आफूले अति सद्भाव राखेको साथीले नाटक गरेर झूट गर्दा भने दुःख लाग्छ । खुशी नम्बर एक, मेरो जीवनको पहिलो अलौकिक खुशी, धेरै बर्ष अघि, ट्युशन पढाउने क्रममा, एक चेलो, अचानक बोल्यो, “सर हजुरले ट्युशनमाभन्दा कक्षामा राम्रो पढाउनुहुन्छ ।”

मोग्याम्बो खुशी हुवा”मेरो उत्तर “चेला, आज म साँच्ची नै खुशी छु । एउटा आरोपबाट, कमसेकस, म मुक्त भएँ । “ट्युशन पढ्न आऊन” भनेर गुरुहरूले कक्षामा राम्रोसित पढाउन्नन् भन्ने आमको स्वर हो । यो कुरा सत्य पनि हो । तर म आफू १८ ग्रुप ट्युशन पढाएर पनि यो अतिरिक्त आम्दानीको पक्षमा कहिल्यै भइन । मन नमानी जीवनमा धेरै कामहरू गर्न विवश हुन्छ, मान्छे । यो पहिलो अलौकिक खुशीथियो, मैले मात्र अनुभूत गर्ने कुरा ।

केही कुरा जीवनमा निजी हुन्छन् । जीवनको एउटा नियम हो यो । विशेष अवस्थामा मान्छे एक्लै खुशी हुन विवश हुन्छ । दोस्रो अलौकिक खुशी, सायद आफ्नै सन्तानको हकमा म अलि अल्छी भएँ । जाँगर लगाएरै पढाउने मान्छे हुँ । तर जेठी सुपुत्री अनिता गिरीको गुनासो, “बा,तपाई हामीलाईभन्दा चेलाचेलीहरूलाई बढी ध्यान दिएर पढाउनु हुन्छ ।” यो पनि एक किसिमको आरोप नै थियो । तर म खुशी भएँ । भनियो, “छोरी, आज मलाई सारै खुशी लाग्यो ।

कमसेकम मबाट जनताका सन्तानमाथि अन्याय भएको रहेनछ । तिमीहरू त साथमैं छौं, जतिखेर पनि नजानेको कुरा सोध्नसक्छौं, यी अनपढ आमाबाउका सन्तानले घरमा कोसित सोध्ने ? मेरो प्रयास सफल भएछ । धन्यवाद छोरी ।” जीवनयात्रा अघि बढ्दै गयो । तीन पटक अष्टे्रलिया पुगियो । सन्तानको चाहनाभन्दा अलि फरक मेरो व्यवहार भयो । फेसबुकका हकमा म अराजक बनेकै हो । फेरि भिडियो बनाउनै पर्ने, गाउनै पर्ने, प्रवचन दिनै पर्ने । छोरालाई अनौठो लागेछ । उसले जारी गरेको “अध्यादेश” “सीताफूलपति” ले अनुमोदन गरेन । मेरो आफ्नै “प्रज्ञा प्रतिष्ठान” छोराले आफ्नो मनको कुरा राख्यो, “बा, हजुर अझै बच्चै हुनुहुन्छ ।” अभिधा, लक्षणा, व्यञ्जना छोरै जानोस् । कटाक्ष भए पनि धान्नै पर्‍यो ।

“जसले रासन भर्छ उसले शासन गर्छ” केही नसोची बोलियो, “छोरा, बच्चा हुनु बच्चाको खेल होइन । बच्चा भनेको भगवानको रुप हो । मैले मभित्रको बच्चालाई अझसम्म जोगाएर राखेको रहेछु । खुशी लाग्यो । आयुष्मान् भव पुत्र !” यो पनि एक अलौकिक खुश िथियो । कहिलेकाहीं सोच्छु, एकपटक फेरी फुच्चे “धनराज” भएर एक कक्षामा पढ्न जान पाए ! तन त अब बच्चा हुन सक्दैन, तर मन बच्चा हुनसक्छ । र आज, २०८० साल बैशाख २० गते नै, बम्पर भतिजा अच्यूत कोइरालाले आफ्नो पोस्टमा विश्व प्रसिद्ध पात्रहरूको बचपनको तस्वीर राखेछ । “उहाँहरू पनि बच्चा थिए” भतिजाले देखायो नतिजा, “काकु, हजुर त अझ पनि बच्चा नै हुनुहुन्छ !” क्या आनन्द आयो ।

दिनमा एकपल्ट यी जोर भतिजाहरूसित वार्ता हुन्छ । सायद, मेरो अनौपचारिक शैली अच्यूत कान्छोलाई मन पर्‍यो । निर्धक्क भएर मलाई “बच्चा” भन्यो । अरुलाई भनेको भए ? किन भन्ने ? मनको कुरा मन मिल्नेसित मात्र भन्न सकिन्छ ।” हो, जूनियर कोइराला, म अझै बच्चा मनको मालिक हुँ । मलाई यसमा गर्व छ । मलाई आफू “प्रोफेसर जगमोहन आजाद” भएकोमा गर्व छ ।

मलाई अनन्त चेलाचेलीहरूको गुरु भएकोमा गर्व छ । साथीहरू,सरलता, सज्जनता, इमानका लागि मनलाई बच्चा बनाउनै पर्दछ । यो अचम्मको जटिल समयमा, नाटकमय वाताबरणमा “बच्चा” हुन सजिलो छैन । दुनियाँको लागि “जरा हटके” भएको एउटा लहडी, “प्रोफेसर ढुक्कनारायण चौधरी” बलराम दंगालको दाजु यो कंगाल आज मालामाल भएको छ । कान्छो कोइरालालाई धन्यवाद !

०००
चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ससम्मान भोजन !

ससम्मान भोजन !

धनराज गिरी
रकिब !

रकिब !

धनराज गिरी
ससुराली !

ससुराली !

धनराज गिरी
लभलेटर

लभलेटर

धनराज गिरी
टोल सुधार !

टोल सुधार !

धनराज गिरी
के ताल हो बूढा ?

के ताल हो बूढा...

धनराज गिरी
नेताको व्यथा

नेताको व्यथा

रामकुमार पाँडे
अज्ञानताको विज्ञान

अज्ञानताको विज्ञान

शिवप्रसाद जैशी
जङ्गली समाज !!

जङ्गली समाज !!

कलानिधि दाहाल
दाइजात्रा !

दाइजात्रा !

गायत्री परिरोशनी
प्रतिबिम्ब

प्रतिबिम्ब

लक्ष्मी रिजाल
अनुहार

अनुहार

नगिता लेप्चा राई
0
Would love your thoughts, please comment.x
()
x