साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भुँडी

दुनियाँमा सबैभन्दा ठूलो पद र पैसा हो दुवै नहुनेले क्यै गर्न सक्दैन चिन्ता त हिजो पनि भुँडीकै लागेको थ्यो आज पनि भुँडीकै लागिरहेछ फरक यति हो हिजो खाली भुँडीको आज भरी भुँडीको ।

Nepal Telecom ad

खगेन्द्र नेउपाने :

म पैले
अरुको भुँडीको आरिस गरेर राजनीतिमा लागेको
आज आफ्नै भुँडी देख्दा रिस उठ्न थाल्यो
म पैले सामन्तको भकारी फोर्न राजनीतिमा लागेको
आज आफ्नै महल देख्दा मुटु फुट्न थाल्यो ।

म पैले सामन्तका कथाहरू पढ्थें
रुस चीन कतै अन्तका कथाहरू पढ्थें
अस्ति अस्ति सामन्तीको मात्र ठूलो भुँडी देख्थें
कथाहरूमा भुँडे साहु भनेर लेख्थें
आज आफ्नै भुँडी ठूलो भएछ
भुँडी हुनु त चिन्ताको कुरा पो रहेछ

जब जब म
थैले खत्रीको रानी खेत
ख्याउटे कार्कीले हडपेको
लुखुरेको लाहुरी भैंसी
द्वारे बा ले जालसाँझमा आफ्नु पारेको
कथाहरू पढ्थें
मेरा रौं रौंहरू तातिएर धूवाँ छोड्थे
मेरा आँखा रातिएर बिद्रोह बोल्थे
तर म
आज करोडौंको मोटरमा चढ्दा
ती सामन्तहरू प्रति कुनै बैरभाव छैन
दुनियाँमा सबैभन्दा ठूलो पद र पैसा हो
दुवै नहुनेले क्यै गर्न सक्दैन
चिन्ता त हिजो पनि भुँडीकै लागेको थ्यो
आज पनि भुँडीकै लागिरहेछ
फरक यति हो
हिजो खाली भुँडीको
आज भरी भुँडीको ।

०००
गौरादह, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
ढँटुवा बादल

ढँटुवा बादल

खगेन्द्र नेउपाने
म अदक्ष अध्यक्ष

म अदक्ष अध्यक्ष

खगेन्द्र नेउपाने
लाेग्ने र गधा

लाेग्ने र गधा

खगेन्द्र नेउपाने
कृत्रिम बाैद्धिकता

कृत्रिम बाैद्धिकता

खगेन्द्र नेउपाने
फेरि एउटा लाेककथा

फेरि एउटा लाेककथा

खगेन्द्र नेउपाने
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x