साइबर अपराध सम्बन्धी सचेतना सामग्री

केवल म उर्फ नेता

हामी यी सबथोक परिवर्तन गरिदिन सक्छौँ हाम्रा हाताँ, हाम्रा मुखाँ हाम्रा तजबिजमा चल्छ हाम्रो तजबिजले हामी रकम हाम्रा नाममा बाँड्छौँ, आफन्तका काममा बाँड्छौँ जे गर्छौ हाम्रो पजनीमा गर्छौं तिमीहरू राँके जुलुस बाल हाम्रो समर्थन गर ।

Nepal Telecom ad

शिवप्रसाद जैशी :

म उर्फ नेता
नेता उर्फ म
केवल म नेता
म जेल बसेँ
हाम्रा साथीहरू मरे शहिद बने
उनका शालिक बने
म म टुप्पामा पुगेर हामी बन्यौँ
हाम्ले गणतन्त्र ल्यायौँ
के पायौँ ?

हाम्ले मार्क्स देख्या थिएन
अब्राहम् लिंकनसँग भेट भएकै थिएन
अनि माओसँग भावना साँट्न पाएकै होइन
अँह, होइन सब सुन्या कुरा हुन् !

देख्या भोग्या
उहिल्या बडाकाजी
पञ्चायतका मण्डले
उहिलेका चौतरीया
अनि हाम्ले बनायौँ बीचपहरीया
मिलेन ठ्याक्क ?
पञ्चायतले अपराधी साँट्थ्यो
हामी पनि साँटौला
गणतन्त्रका नाउँमा स्मगलिङ् गरौँला
अलि अलि बाँटौला
विकासमा नाममा माननीयलाई बाँडौला !

म चिन्न, चवन्नी, सक्रिय सदस्य होऊ ?
साधारण, संगठित सदस्यता लिया छौ ?
अनि खेपन्त राजा सुनेका छैनौ
म उर्फ नेता अर्थात चुनिएको राजा
खेप्यौ मलाई ?

म र धन्दा विचको पुल हाँै ?
पुल बनेको भए तिम्रो सदस्यता त के
केन्द्र सुरक्षित गर्ने मरो आशीर्वाद तिम्रा निधारमा लेख्थे !

महाकविले मुनामदन लेखे
उहाँले त्यसमा परीक्षा दिनु परेन
अहिलेसम्म रोयल्टी आउँदैछ
आन्स्टाइनले बनाएको फर्मुलामा
उनले कहिल्यै परीक्षा पास गर्नु पर्‍यो र ?
अहिलेसम्म मानिसहरू पढेर शुल्क बुझाउँछन्
नोवल पुरस्कार विजेताहरूले
लिएका थिए कसैको स्विकृति ?
जब उनले आफ्ना सृजनाहरू रचे
कुन चाहिँले आफैले आविष्कार गरेर
आफै परीक्षा दिएका छन् ?
म मानिस अर्थात जनता हो र ?
अनि हामीले चाहिँ आफैले लेखेको संविधान मान्नु पर्ने ?
हाम्ले लेख्या हाम्ले मेट्न नपाउने ?
हेर हामीमाथिको अन्याय ?
जाओ केटाकेटी आन्दोलनका आँधिवेरी सृजना गर
सडक तताओ
रेलिङ् तोड शिशा फोर
उधुम मच्चाओ
हामी, उर्फ नेताको आदेश मान !

हाम्ले बनाएको अख्तियारको मुखिया
अदालतको विचारी
सुरक्षाको सहचारी
हाम्रा बिरूद्ध ?

हामी यी सबथोक परिवर्तन गरिदिन सक्छौँ
हाम्रा हाताँ, हाम्रा मुखाँ हाम्रा तजबिजमा चल्छ
हाम्रो तजबिजले हामी रकम हाम्रा नाममा बाँड्छौँ
आफन्तका काममा बाँड्छौँ
जे गर्छौ हाम्रो पजनीमा गर्छौं
तिमीहरू राँके जुलुस बाल
हाम्रो समर्थन गर
हामी, केवल हामी उर्फ नेताको आदेश मान !

०००
कैलाली, हाल- काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
गणित पुराण

गणित पुराण

शिवप्रसाद जैशी
म भक्त हुँ

म भक्त हुँ

शिवप्रसाद जैशी
फर्मान प्रेमी

फर्मान प्रेमी

शिवप्रसाद जैशी
निस्सासिएछ हावा

निस्सासिएछ हावा

शिवप्रसाद जैशी
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x