साइबर अपराध सम्बन्धी सचेतना सामग्री

म बेचिएको छु

आज त हदै भयो बेचिँदा पनि मैले म म हुँ भनेर बेचिइन पाइनँ मेरो जन्मसिद्ध परिचय नै नामेट पारेर बेचे उफ् ! बेचिन पनि बाख्राको पाठाले सुँगुरको पाठो बन्नुपर्ने ?

Nepal Telecom ad

रमेश समर्थन :

यो मेरो देश हो,
हो, यो मेरै देश हो,
भनिसकें नि
मेरै देश हो यो,
किनभने
संयोगले नै सही,
म यहीँ जन्मेको हुँ ।

म नजन्मँदै मलाई
बिक्रीमा राखेको थियो मेरो देशले
गोर्खा फौजको नाममा
भारतमा होस् या बेलायतमा ।
फौजमा नबिक्नेहरू
गल्लीमा बेचियौं
होटेल, सरकस र कोठीमा बेचियौं
तर बेचियौं ।

बेचियौं किनभने बेचिनु नै
हाम्रो राष्ट्रिय पहिचान हो
नेपाली हुनुको सान हो ।
बडे महाराजाले बेचे
छोटे महाराजाले बेचे
टोले महाराजाले बेचे
झोले महाराजाले बेचे
सिपाही बनाएर बेचे
दरबान बनाएर बेचे
कान्छा बनाएर बेचे
कान्छी बनाएर बेचे
गोर्खा बनाएर बेचे
बहादुर बनाएर बेचे
तर बेचे ।

हामी बेचियौं
बेचिइरह्यौं
अब व्यापारको बजार बदलिएको छ
कोही शारीरिक कामदार बनेर
कोही बौद्धिक दामदार बनेर
कोही नैतिक बेइमान बनेर
बेचिँदै छौं
कोही खोरमा पालिन त
कोही बाकसमा फालिन
तर बेचिँदै छौं ।

आज त हदै भयो
बेचिँदा पनि मैले म म हुँ भनेर बेचिइन पाइनँ
मेरो जन्मसिद्ध परिचय नै नामेट पारेर बेचे
उफ् !
बेचिन पनि बाख्राको पाठाले
सुँगुरको पाठो बन्नुपर्ने ?

०००
२०८०/२/१४
रुपन्देही

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चार ठोकान

चार ठोकान

रमेश समर्थन
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
चार ठाेक्तक

चार ठाेक्तक

रमेश समर्थन
चार ठाेक्तक

चार ठाेक्तक

रमेश समर्थन
छात्रवृत्ति

छात्रवृत्ति

रमेश समर्थन
डलरको बिरुवा

डलरको बिरुवा

रमेश खकुरेल
धनमहिमा

धनमहिमा

हेम अधिकारी
कालेको ‘बा’

कालेको ‘बा’

रणबहादुर बुढाथोकी ‘भैया’
भर्खर नुहाएको सहर

भर्खर नुहाएको सहर

डा. दामाेदर पुडासैनी किशाेर
किनकि, म नर्स हुँ

किनकि, म नर्स हुँ

पार्वती पुडासैनी
म को हुँ ?

म को हुँ ?

युवराज भण्डारी
0
Would love your thoughts, please comment.x
()
x