साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नयाँ पार्टीमा प्रवेशका लागि आह्वान

बलात्कार गर्ने धुस्याहा र डाका पिता पुत्र पुत्री ठुलाबा र काका भरौटे कुरौटे फटाहा र जाली गरौँला मिलाएर हाली मुहाली ॥

Nepal Telecom ad

होम सुवेदी :

सकेसम्म आफ्नाहरू मात्र भर्ने
मिठो स्वच्छ ताजा सबै घाँस चर्ने
प्रजामा सदा झूटको बीज छर्ने
त्यही सूत्र बेडा चढी पार तर्ने ॥

यही सूत्र मेरो र हो मेनुफेस्टो
नठानून् कसैले न यस्तो न उस्तो
त्यसैले यसैमा छ भर्ना खुलेको
नठानून् कसैले छ राँगो डुलेको ॥

यता लाग विध्यार्थी छाडेर विध्या
त्यहाँको पढेको न बिध्या न सिध्या
किताबी सबै ज्ञान हो एक माटी
म खोल्दैछु यौटा बडो भव्य पाटी ॥

यतै भाइ आऊ यतै दाजु आऊ
फुकेको छ यो फेर मेरो समाऊ
त्यता बस्नु के व्यर्थ हेरेर लाटी
म खोल्दैछु यौटा बडो भव्य पाटी ॥

नयाँ नाम हाली बनाई स्वतन्त्र
ठगी नित्य खाने लिई बुद्द मन्त्र
मिलेको सबै खाउँला हात चाटी
म खोल्दैछु यौटा बडो भव्य पाटी ॥

जता हुन्छ पैसो त्यतैको उघाऊँ
मिली हामी यो देश बाँडेर खाऊँ
त्यसैले यहाँ चाहियो ध्यूर्त आँटी
म खोल्दैछु यौटा बडो भव्य पाटी ॥

यहाँ गर्छु भर्ना सडेका गलेका
घुस्याहा भनी नाम धेरै चलेका
हुनेछन् तिनै देशमा उच्च खाँटी
म खोल्दैछु यौटा बडो भव्य पाटी ॥

बलात्कार वा चोरको कर्म गर्ने
लिनेछौँ परस्त्रीसँगै नित्य चर्ने
सदा खान खोज्ने ठड्याएर घाँटी
म खोल्दैछु यौटा बडो भव्य पाटी ॥

नठानून् कसैले यिनै हामदेव
र ठानून् ठुलो देशकै रामदेव
भनी भान यस्तो म चख्ल्याँस्स पार्छु
सबै जूनतारा यतै मात्र झार्छु ॥

बलात्कार गर्ने धुस्याहा र डाका
पिता पुत्र पुत्री ठुलाबा र काका
भरौटे कुरौटे फटाहा र जाली
गरौँला मिलाएर हाली मुहाली ॥

०००
भद्रपुर, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
0
Would love your thoughts, please comment.x
()
x