साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बिरालाहरूले कविता बुझ्दैनन्

तपाईं जतिसुकै टाउको फोर्नोस् तपाईं जतिसुकै आँसु झार्नोस् तपाईं जतिसुकै पीर गर्नोस् बिरालाहरूले तपाईंलाई पत्याउँदैनन् बिरालाहरूले तपाईंको कविता बुझ्दैनन् ।

Nepal Telecom ad

आर.आर. चौलागाईं :

कता र कुन दुलाबाट
मुसाहरू फुत्त आउँछन्
र च्याप्प समातेर निल्न पाइन्छ भनेर
गौँडा ढुकेर बसेका हुन्छन्
कुन घरको कुन भान्छामा
कुँडेभरि दूध तताएर राखेको छ
र घोप्ल्याक्क घोप्ट्याएर
तनतनी पिउन पाइन्छ भनेर
जोखना हेरेर बसेका हुन्छन्
बडो हन्तकाली हुन्छन् बिरालाहरू
बडो परजीवी हुन्छन् बिरालाहरू
तपाईं जतिसुकै मीठो कविता लेख्नोस्
तपाईं जतिसुकै मीठो कविता सुनाउनोस्
तपाईं जतिसुकै मरिहत्ते गर्नोस्
बिरालाहरूले तपाईंलाई पत्याउँदैनन्
बिरालाहरूले तपाईंको कविता बुझ्दैनन् ।

बिरालाहरू कोही राष्ट्रपति बनेका हुन्छन्
कोही प्रधानमन्त्री बनेका हुन्छन्
कोही मुख्य मन्त्री बनेका हुन्छन्
कोही मन्त्री बनेका हुन्छन्
कोही मेयर बनेका हुन्छन्
कोही उपमेयर बनेका हुन्छन्
कोही वडा अध्यक्ष बनेका हुन्छन्
हैसियत-हैसियतका हुन्छन् बिरालाहरू
रङ-रङका हुन्छन् बिरालाहरू
उनीहरूलाई देश भाँडमा जाओस् मतलब हुँदैन
उनीहरूलाई देशको इज्जत माटोमा मिलोस्
सरोकार हुँदैन
उनीहरू जोसँग पनि हात मिलाउँछन्
उनीहरू जोसँग पनि अँगालो हाल्छन्
उनीहरू जोसँग पनि गाला जोड्छन्
उनीहरू जोसँग पनि ङिच्च हाँस्छन्
प्रोटोकल कुन चराको नाम हो उनीहरूलाई थाहा हुँदैन
अथवा थाहा भए पनि होश हवास हुँदैन
तपाईँ जतिसुकै अर्ती दिनोस्
तपाईँ जतिसुकै पुराण फलाक्नोस्
तपाईँ जतिसुकै खबरदारी गर्नोस्
बिरालाहरूले तपाईँलाई पत्याउँदैनन्
बिरालाहरूले तपाईँको कविता बुझ्दैनन् ।

बिरालाहरू अहिले देशाटनमा गएका छन्
जन्ती बोकेर गएका छन्
अब केके दिएर आउने हुन् थाहा छैन
अब केके लिएर आउने हुन् थाहा छैन
सुन दिएर घुन लिएर आउने हुन् कि !
हिरा दिएर झुसिल्किरा लिएर आउने हुन् कि !
चामल दिएर भूस लिएर आउने हुन् कि !
तराई दिएर कराई लिएर आउने हुन् कि !
तपाईं जतिसुकै टाउको फोर्नोस्
तपाईं जतिसुकै आँसु झार्नोस्
तपाईं जतिसुकै पीर गर्नोस्
बिरालाहरूले तपाईंलाई पत्याउँदैनन्
बिरालाहरूले तपाईंको कविता बुझ्दैनन् ।

०००
२०८० जेठ १८

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कविताको रङ

कविताको रङ

आर.आर. चौलागाईं
सिंहदरबारको पानी

सिंहदरबारको पानी

आर.आर. चौलागाईं
मौन विद्रोह

मौन विद्रोह

आर.आर. चौलागाईं
यमराजको फैसला

यमराजको फैसला

आर.आर. चौलागाईं
लाेग्ने र गधा

लाेग्ने र गधा

खगेन्द्र नेउपाने
टाउको

टाउको

भोलानाथ सुबेदी
देश ?

देश ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
हुर्काऊँ नवपध्दति !!

हुर्काऊँ नवपध्दति !!

कलानिधि दाहाल
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x