साइबर अपराध सम्बन्धी सचेतना सामग्री

एकको साथ एक फ्री

झोलाबाट पेन्ट झिकेर हेरेँ । फेरि चित्त बुझ्नेगरि लगाएर हेर्छु भनेको त पेन्टको मोरी त दुइवटाको लामो छोटो पो रहेछ । ऐनामा हेरेँ आफैलाई सर्कसमा खेल्ने मान्छे जस्तै लाग्यो । रीसले आँखा देखिनँ ।

Nepal Telecom ad

कृष्ण शर्मा सुमु :

फ्रीमा पाए त अलकत्र पनि खाने हो भनेको सुनेकै होला । खान पल्केकाहरूले जसरी पनि खान्छन् । खानु ठुलो कुरा होइन । खाइसकेपछि अलकत्र पनि पचाउन सक्नुपर्छ । खान पनि निकै ठुलो मुटु चाहिन्छ । स-साना कुखुरे मुटु बोकेर खाने वा पचाउने सपना बोकेर हिँड्नु भनेको बाघको मुखबाट शिकार खोसेर ल्याउनु जस्तै हो । मुटु नि थरथर काम्नेले यसले खायो, उसले खायो भनेर हल्ला गर्नु जति मूर्ख कुरा केही होइन । मौका पाए छेउमा गएर आफ्नो हिस्सासम्म खोजेर खाए भइगयो नि ! किन हल्ला गर्नु अरुले खाएको ? आह्रिस गर्नुभन्दा कसरी खाने हो बुद्धि लगाउनु होस् । दूधले धुएको को पो छ र ?

कता नखानु भन्नुपर्नेमा म चैँ खानु कि खानु भन्दै तर्क पो दिँदैरहेछु । अँ साँची जसलाई पुगिसरी छ उसले नखानू । जसकोमा छैन उसले खानू भनेर यदि आफ्नो बिचार राखे समाजप्रति मैले न्याय गरिनँ कि जस्तो लाग्छ ? मन मिलाएर खानू भन्दा उचित होला । मिलेर खानू, हकको कुरा खानू, अधिकार खोसेर खानू, मेहनत गरेर खानू, पसिना बगाएर खानू, शान-मान राखेर खानू, गरिबलाई दिएर खानू । यहाँ मैले खानू भनेर भ्रष्टाचार गरेर खानू, चोरेर खानू, ठगेर खानू, लुटेर खानू, भुटेर खानू भन्दिनँ । इमान, इज्जत अनि सम्मानको साथ खानू भनेर हल्ला गर्न र गलत बाटो कहिले देखाउन सक्दिनँ म चैं ।

उसले पच गरेछ नि भन्दा कान ठाडो पारेर हेर्ने हामी । कसरी पच गरेको त्यसको पछि कति मेहनत होला पच गर्नेको भनेर कहिले नसोच्ने पनि हामी । हामीलाई अरुले गरेको काममा साह्रो चासो लाग्छ । कसैले मेहनत गरेर कमाएको धनमा हामी धन मात्र देख्छौँ उसको वर्षभरि झरेको पसिना अनि उसले लगन गरेको समय कहिले फर्केर हेरेको हुँदैनौँ । जे होस् मानिस जन्मजात नै स्वार्थी हो भनेर हामीले आत्मस्वीकार गर्नुपरेको छ ।

यो फ्री खानु पनि भाग्यमा लेखेर आउनुपर्छ । फ्री खान पाउँछु भनेर घाराको पानी डोकोमा थापेर हुँदैन । थाप्न पनि जान्नुपर्छ । फ्रीमा रोपेको खेती पनि सही ठाउँमा छरेको हुनुपर्छ । यदि गलत ठाउँमा छरे चरा-चुरुङ्गी, गाई-बाख्रा, सुँगुर आदि इत्यादिले खाइदिन्छन् । भाग्यमानी हुन पनि सही काम सही समयमा गरेको हुनुपर्छ । बर्खे बाली हिँउदोमा लगाएर फल्छ भन्ने सपना देख्नुहुँदैन । विज्ञानले जति नै तरक्की गरे पनि ढुङ्गामा बिज फालेर उम्रिन्छ भन्ने सपना देख्नुभएन ।

अँ साँची, फ्रीमा खान पाउँछु भनेर सपना नदेख्नु भनेर भन्न पनि कति लामो गन्थन गरेको होला मैले पनि आज । फ्रीमा खान कसलाई पो मन पर्दैन र ! सबले नै गोजी टाइट राख्न खोज्छन् । अरुको खाली होस् कि चुने होस् मतलब पनि हुँदैन, तर फ्रीमा खान पाउनु पनि भाग्यमा नै लिएर आउनुपर्छ जस्तो लाग्छ ।

कोरोना कालभन्दा अघि मार्केट खुल्ला । दशैँको छेका पारेर “एक के साथ एक फ्री” भएको ठाउँमा मेरो नजर ठ्याक्कै अडियो । मैले माथि तल केही पढ्न खोजिनँ । मेरो नजर सिधै दाममा गयो । एउटा पेन्टको दाम सात सय रहेछ । मैले फर्काइ फर्काइ हेरेँ । छेउमा उभिएको भाइलाई सोधें “एक के साथ एक फ्री है ना ?” उसले टाउको हल्लायो । मैले हिसाब लगाएँ दुइवटा लाँदा साँढेतीन सय पर्नेरहेछ । राम्रो राम्रो कलर छानेर म सिधै काउन्टरमा पुगेँ । बिल दिइराखेर म सिधै रूममा पुगेँ । झोलाबाट पेन्ट जिकेर हेरेँ । फेरि चित्त बुझ्नेगरि लगाएर हेर्छु भनेको त पेन्टको मोरी त दुइवटाको लामो छोटो पो रहेछ । ऐनामा हेरेँ आफैलाई सर्कसमा खेल्ने मान्छे जस्तै लाग्यो । रीसले आँखा देखिनँ । म सिधै दोकानमा पुगेँ । मैले पहिला पेन्ट उठाएको छेउमा पुगेर हेरेँ “बिक्री हुआ समान वापस नही होगा ।” मनमनै आफैलाई थुकेँ । रास्ताको माल सस्ता पर, भने जस्तै आफैलाई दुनियाँको चतुर सोच्ने यो मनले आज आफैसित ठगिएको अनुभव गरेँ । छेउमा टेलर दोकानमा पेन्ट देखाएँ, उसले कति मिलाउन खोज्दा पनि नसकेर अन्तमा माफ मागेर मलाई पेन्ट फर्काइदियो ।

दुनियाँमा फ्री खानु पनि भाग्यमा लिएर आउनुपर्छ भनेर सोचेँ । कसैलाई यसरी ठगिएको कुरा गरे आफ्नै ठूलो बदनाम हुने डर, परिवारतिर सुनाउन खोजेँ खुब पढालिखा छु भन्छस् त भन्छन् । आफ्नै गाला आफ्नै लबटा भने जस्तै भाग्यलाई दोष दिएर बसेको छु । यसरी एकमा एक फ्री वाला माल देख्दा पनि आजकल त रीस उठेर आउँछ । कसैलाई सुनाउन सकिनँ मेरो यत्रो ठूलो पीर व्यथा, आज हजुरलाई भूमिका बाँधेर सुनाएँ हल्ला नगरिदिनु है ल ।

०००
सिलिगुडी, (भारत)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
तिहुन चखुवा

तिहुन चखुवा

कृष्ण शर्मा सुमु
पुरस्कार थाप्ने रहर

पुरस्कार थाप्ने रहर

कृष्ण शर्मा सुमु
कस्टमर केयर

कस्टमर केयर

कृष्ण शर्मा सुमु
मेलामा भएको झमेला

मेलामा भएको झमेला

कृष्ण शर्मा सुमु
घर न द्वार हिँडे हरिद्वार

घर न द्वार हिँडे...

कृष्ण शर्मा सुमु
सिको

सिको

दिप मंग्राती
खरी झरेको मादल

खरी झरेको मादल

चिरञ्जीवी दाहाल
कविजी

कविजी

डा. कपिल लामिछाने
गाई भैंसी पाल, घाँस नकाट

गाई भैंसी पाल, घाँस...

सुरेशकुमार भट्ट
परलोकवासी पिताको पत्र

परलोकवासी पिताको पत्र

गणेशप्रसाद लाठ
0
Would love your thoughts, please comment.x
()
x