साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जुम्राको शासन

जुम्रा मार्न हरेक औषधि यहाँ ल्याए विपक्षी मिली जुम्रा शत्रु समान भो मुलुकमा शीरै अँध्यारो जली जुम्रा शक्ति र भक्ति गर्छ जहिले सत्ता लिई हातमा जुम्रा आसनमा विभेद रमिता हेर्छन् सबै साथमा ।

Nepal Telecom ad

माधव पोखरेल गोज्याङ्ग्रे :

जुम्रा शासन गर्छ शीरतिर गै रौँमा बनायो घर
खायो रक्त चुसेर शीर भरिको भाग्दैन आफैँ पर
जुम्रा आसनमा बसेर रमिते गर्दैछ खेती झुठो
चुस्यो रक्त र पेट ढुस्स हुन गो खाएर टुप्पी मुठो ।

जुम्रा भ्रष्ट भयो समाज बिचमा फालौँन त्यो शीरको
खायो पेट फुलाउँदै सडकमा निस्कन्छ भो पीरको
जुम्रा शीर भरी छ शासक उही गर्दैछ है हैकम
फालौँ आसनको शासकहरू जुम्रा सरी के कम ।

जुम्रा पाल्छ सधैँ लिखा सँगसँगै ढाडी र चम्केहरू
खाए शीर बसेर रक्त कण नै सर्दै छ ढाडीअरु
जुम्रा कञ्चटमा बसेर रमिता हेदैछ चारैतिर
जुम्रा शासक हो र साधकहरू फालिन्छ की आखिर ।

जुम्रा रातबिरात डुल्छ कहिले फैँलाउँदै आसन
जुम्रा साँझ बिहान दिनमा बाड्दो भयो भाषण
जुम्रा भोक सहन्न खान्छ रगतै किर्ना सरी ज्यान भो
जुम्रा लाज पचाउँदै नगरमा सम्मान थाप्दो भयो ।

जुम्रा काल सरी छ शासन हुँदा टोकेर हैरान भो
जुम्रा फोहर गर्छ शीर तिर नै मारेर मर्दैन हो
जुम्रा मात्छ पिएर रक्त कण त्यो रौँमा लुकेको अनि
जुम्राको चुपचाप चाल खतरा बिगार्छ मान्छे पनि ।

जुम्रा पाल्नु हुँदैन फोहर हुने यो शीर पारौँ सफा
जुम्रा कानुनभित्र के छ विविधा खोजेर फालौँ दफा
जुम्रा रोग भयो र यो मुलुकमा रित्तो भकारी भयो
जुम्रा शोषक झैँ शरीरतिर गै दौडेर हैरान यो ।

जुम्रा मार्न हरेक औषधि यहाँ ल्याए विपक्षी मिली
जुम्रा शत्रु समान भो मुलुकमा शीरै अँध्यारो जली
जुम्रा शक्ति र भक्ति गर्छ जहिले सत्ता लिई हातमा
जुम्रा आसनमा विभेद रमिता हेर्छन् सबै साथमा ।

०००
गाईघाट, उदयपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कालो भयो उर्वरा

कालो भयो उर्वरा

माधव पोखरेल गोज्याङ्ग्रे
लुकीछिपी बोतल खोल

लुकीछिपी बोतल खोल

माधव पोखरेल गोज्याङ्ग्रे
सत्ता समात्ने भए

सत्ता समात्ने भए

माधव पोखरेल गोज्याङ्ग्रे
मुसालाई शिक्षा

मुसालाई शिक्षा

माधव पोखरेल गोज्याङ्ग्रे
बोकाको बिहे

बोकाको बिहे

माधव पोखरेल गोज्याङ्ग्रे
गधाको कथा

गधाको कथा

माधव पोखरेल गोज्याङ्ग्रे
म नै हुन्न होला

म नै हुन्न होला

रमेश खकुरेल
कपट पखालेर आऊ

कपट पखालेर आऊ

डा. छायादत्त न्यौपाने ‘बगर’
नेपाललाई लुटे

नेपाललाई लुटे

बालकृष्ण खनाल
दाग किन देखाइस् भनी ऐना बदनाम छ

दाग किन देखाइस् भनी...

लक्ष्मण नेवटिया
प्रश्न गर्न मनाही छ…

प्रश्न गर्न मनाही छ…

सुभाषचन्द्र देवकाेटा
जुठोपुरो

जुठोपुरो

मिलन समीर
0
Would love your thoughts, please comment.x
()
x