साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भ्यागुताको बिहे

जलकुम्भीको आहालभित्र को गर्दै छ भातको राजनीति ? साइत नबिगार भन्छु सुन्दै सुन्दैनन् उनीहरू ! हे फकिरा ! लेकैको कानेमा जानु छ मैले औलको मानेमा जानु छ ! हतार छ मलाई आज भ्यागुताको बिहेमा जन्त जानु छ !

Nepal Telecom ad

डा. विप्लव ढकाल :

(साहित्यपोस्ट पर्या-कविता प्रतियोगितामा सर्वोत्कृष्ट घोषित कविता ।)

हतार छ मलाई आज
भ्यागुताको बिहेमा जन्त जानु छ !

सिमसारमा
बजिरहेको होला नौमती बाजा !
शिरमा बाबरी फूलको मुकुट लगाएर
पाल्कीमा चढिसके होलान् दुलाहा राजा !
जलकुम्भी झारको गुन्द्रीमा बसेर
जुहारी खेलिरहेका होलान्
आदिवासी चराहरु !
छमछम बजाउँदै भुइँफूलको पाउजु
उडिसके होलान् लोकन्ती भँवरा !
हिलोमा ‘ट्यार्र ! ‘ ट्यार्र !!’
मङ्गल गीत गाउँदै
सङ्गीतका राजकुमारीहरुले
बोकिसके होलान् सगुनको थाली !
हे गाइने किरा !
अँधेरी खोलामा जानु छ मैले
सिमसारतिर जानु छ,
हतार छ मलाई आज
भ्यागुताको बिहेमा जन्त जानु छ !

म एउटा बूढो शङ्खे किरा
अहिलेसम्म बाटोमै घस्रिरहेको छु !
मेरो वरिपरि बसेर
रोइरहेका छन् धानचरीहरु !
बाटो छेकेर उनीहरु
प्रश्न गर्छन् मलाई—
‘हामीले त रोपेका थियौँ
कलकलाउँदो धानको बोट,
तर आज खेतमा
कसरी फल्यो प्लास्टिकको चामल ?
गोठमा भैँसी दुहुन गएकी थिइन् राजमती
तर आज बाल्टीमा
कसरी भरियो कोकाकोलाको झोल ?
काउलीको फूलमा बसेको माहुरी
पातमाथि झर्छ किन ?
निधारबाट पसिना खस्दा
दुबोको मुना मर्छ किन ?’
हे दमाईं किरा !
गैरी खेतमा जानु छ मैले
तालतलैया जानु छ,
हतार छ मलाई आज
भ्यागुताको बिहेमा जन्त जानु छ !

बारीभरि लटरम्म फलेका छन्
चाउचाउका प्याकेटहरू !
जङ्गलमा किन दुश्मनहरू रोइरहेछन् ?
चिम्सा आँखाहरू रोइरहेछन् कतै
चुच्चा नाकहरु रोइरहेछन् !
अङ्गोछा खोलेर रोइरहेछन् कोही
टोपी झिकेर रोइरहेछन् !
उनीहरुको आँसुमा भरिएको छ साइनाइड
उनीहरुको शरीरबाट
झरिरहेको छ अजिनोमोतो !
गोजीमा नागरिकता जस्तो सुसाइड नोट बोकेर
सिमाना काटी कहाँ हराए तिनका सन्ततिहरू ?
जलकुम्भीको आहालभित्र
को गर्दै छ भातको राजनीति ?
साइत नबिगार भन्छु
सुन्दै सुन्दैनन् उनीहरू !
हे फकिरा !
लेकैको कानेमा जानु छ मैले
औलको मानेमा जानु छ !
हतार छ मलाई आज
भ्यागुताको बिहेमा जन्त जानु छ !

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बोको

बोको

डा. विप्लव ढकाल
दाेभानमा भेट भएपछि

दाेभानमा भेट भएपछि

डा. विप्लव ढकाल
राज्यसँग एकालाप

राज्यसँग एकालाप

डा. विप्लव ढकाल
म अज्ञात शहीद आएको छु !

म अज्ञात शहीद आएको...

डा. विप्लव ढकाल
कागजकाे फिरफिरे

कागजकाे फिरफिरे

डा. विप्लव ढकाल
देश बन्ने भयो

देश बन्ने भयो

रमेश खकुरेल
नयाँ जोगी र नयाँ पाठ

नयाँ जोगी र नयाँ...

तेजविलास अधिकारी
सुशासन र जुत्ता

सुशासन र जुत्ता

हरि कोर्काली
हाँसो !

हाँसो !

हाेमनाथ घिमिरे
बोको

बोको

डा. विप्लव ढकाल
0
Would love your thoughts, please comment.x
()
x