साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कमला घिमिरे अधिकारीको मुक्तक सङ्ग्रह लोकार्पित

हातेमालो साहित्य संगमका अध्यक्ष सुनिल अधिकारीले मुक्तककार घिमिरे अधिकारीका मुक्तकले पाठकको मन मस्तिकष्कलाई तरङ्गित बनाउन सफल भएको बताए ।

Nepal Telecom ad

काठमाडौं, ०८० जेठ १८ । साहित्यकार कमला घिमिरे अधिकारीको ‘रश्मि’ मुक्तक सङ्ग्रह लोकार्पण भएको छ । सामाजिक अभियन्ता तथा स्व.रश्मि खनालको दोस्रो स्मृतिको दिवसको अवसरमा सो कृतिको लोकार्पण गरिएको हो । उक्त कृति स्व रश्मि खनालमा समर्पित गरिएको छ ।

पूर्व गृहराज्यमन्त्री दिपकप्रकाश बास्कोटाको प्रमुख आतिथ्यमा वास्कोटा, पूर्व सहायक मन्त्री एवं विश्व हिन्दू महासंघका अध्यक्ष रामचन्द अधिकारी, प्रा.डा. जीवनहरि अधिकारी, साहित्यकार रेणुका भट्टराई, साहित्यकार सुनिल अधिकारी, दूरद्रष्टा श्रीकान्त अधिकारी लगायतले संयुक्त रूपमा कृतिको लोकार्पण गरेका थिए ।

लेखक पिता अम्बिकाप्रसाद घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा वक्ताहरूले स्व.रश्मि खनालले सामाजिक क्षेत्रमा पुर्‍याएको योगदानबारे बोलेको थिए ।

हातेमालो साहित्य संगमका अध्यक्ष सुनिल अधिकारीले मुक्तककार घिमिरेका मुक्तकले पाठकको मन मस्तिकष्कलाई तरङ्गित बनाउन सफल भएको बताए ।

आयोजक संस्थाकी चन्द्रकला खनालको स्वागत मन्तव्यबाट शुरु भएको उक्त कार्यक्रममा ध्यान योगका बारेमा समेत चर्चा गरिएको थियो ।

कोभिडको कारण ज्यान गुमाएका रश्मि खनाल विभिन्न संघसंस्थामा आबद्ध भएर सामाजिक सेवा गर्दै आएकी थिइन् । उक्त कृति स्व.खनालका श्रीमान् तथा आयोजक कृष्णप्रसाद खनालले प्रकाशनमा ल्याएका हुन् ।

प्रकाशक खनालले स्वर्गीय पत्नीको सम्झनामा कृतिको प्रकाशन गरेको बताए । उनले भने- ‘कोभिडको बेला हामी घरमै बन्दी बन्यौंं । त्यतिबेला मैले सामाजिक संजालमा मुक्तककार घिमिरेको सिर्जनाहरू पढ्ने अवसर पाएँ । मेरी श्रीमती रश्मि खनालले पनि खुब मन पराउँदी रहेछिन् । पछि खोजी गर्दै जाँदा लेखक आफन्त भएको थाह भयो । मैले लेखकसित अनुमति लिएर रश्मिको सम्झनामा कृति प्रकाशन गरेको हुँ ।’

लेखक कमला घिमिरेले रश्मि दिदी प्रतिको सम्मान स्वरुप आफूले यो कृति तयार पारेको बताउँदै साहित्यिक क्षेत्रमा आउन प्रेरित गर्नुहुने, सहयोग गर्नुहुने सम्पूर्णलाई धन्यवाद दिँदै कृतिबाट केही रचना वाचन गर्नु भएको थियो ।

हनी बी स्कूलका प्राचार्य समेत रहनु भएका लेखकलाई उपस्थित अतिथिहरूले शुभकामना तथा बधाई दिनु भएको थियो । अत्यन्तै पारिवारिक वातावरणमा साहित्यिक कार्यक्रमसंगै स्व. रश्मि खनालको दोस्रो स्मृति श्रद्धाञ्जली सभा सम्पन्न भएको थियो ।

रामरञ्जन अधिकारी सञ्चालन गरेको कार्यक्रममा कृतिको आवरण चित्र तयार गरेकोमा बाल चित्रकार आरुषी अधिकारीलाई सम्मान गरिएको थियो । कार्यक्रमका चन्द्रमणि अधिकारी, कल्पना अधिकारीले लगायतले स्व.रश्मिको सम्झनामा कविता पाठ गरेको थिए । हनी बी स्कूलका संस्थापक अध्यक्ष रामप्रसाद अधिकारी, दुरद्रष्टा प्रतिष्ठान अध्यक्ष गायत्री अधिकारी, लगायत अन्य दर्जनौ संघ संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

०००

रेणुका भट्टराई

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x