डा. लोकेन्द्रप्रसाद पौड्यालभिआइपी
छानबिनमा नसघाई उल्टै गर्जन ठुलो विश्वसामु देशको इज्जत बन्न गयो धुलो पदवाला नकच्चरा कस्तो नभा लाज ? अझै तिनै भिआइपी रे ! जनताको माझ ॥

डा. लोकेन्द्रप्रसाद पौड्याल :
खेर गए नाराहरू देशको मुहार फेर्ने
नेता भए धरैजसो आफ्नै स्वार्थ हेर्ने
जनताको दःुखभित्र सुख खोज्ने भए
अपराधका व्यञ्न थप्दै रमाउँदै गए
अड्डा अड्डा बेइमानी मिलोमतो भ्याए
संगठित भ्रष्टाचारमा शक्तिवान भै छाए
मानवको तस्करी भो लाज पचेको काण्ड
शरणार्थी बेचबिखन बन्यो नयाँ ब्रान्ड
छानबिनमा नसघाई उल्टै गर्जन ठुलो
विश्वसामु देशको इज्जत बन्न गयो धुलो
पदवाला नकच्चरा कस्तो नभा लाज ?
अझै तिनै भिआइपी रे ! जनताको माझ ॥
०००
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest







































