साइबर अपराध सम्बन्धी सचेतना सामग्री

होइनौ पशु !

तिर्खा मेटन् सम्पादित कर्मलाई थोरै भौतिक शान्तिका लागि मष्तिष्क दान गर्ने धर्मलाई मन बसमा पार्न सक्ने स्वविवेकी मर्मलाई तथास्तु प्राप्त गर्न गरिएको श्रमलाई मिल्छ भन्न पशु ?

Nepal Telecom ad

शिवप्रसाद जैशी :

मिल्दै मिल्दैन
भन्न मिल्दैन
हामीलाई पशु !

विचार शून्य
विचारको सौदा
स्वविचारको भेटी दान गरेर
भक्ति भाव राख्दैमा मिल्छ र भन्न पशु ?

दिव्य दृष्टिको बर्षाका लागि
प्रभुको चरणमा आफ्नो विचार
टक्र्याएको पो हो
धनधान्य गृह, वैभव र श्रीबृद्धिका लागि
विचारको भर्‍याङ् चढ्दा चढ्दै

उपल्ला खुड्किलोमा पुग्नु पर्दा
परलागेमा पुग्ने बेला भएका
शरीर र दिमाग चल्न थोरै बाँकी रहेका
प्रभुका पाउमा शिर राखेर
सिद्धान्त गोठमा बाँधेर
आस्थालाई कन्दनीमा गाँठो पारेर
लगौंटीभित्र बेरेर
अनास्थारूपी गजुरमा चढाउँदा कसरी पशु ?

विचार धरौटी राख्दा
चार खुट्टा आए ?
सिङ उम्रे ?
पखेटा लागे ?
पुच्छर निस्क्यो ?
जुरो पलायो ?
फोहर उधिन्न थुतुनु चल्यो ?
जिब्रोले लपकलपक चाट्यो ?
अनि कसरी पशु ?

तिर्खा मेटन् सम्पादित कर्मलाई
थोरै भौतिक शान्तिका लागि
मष्तिष्क दान गर्ने धर्मलाई
मन बसमा पार्न सक्ने स्वविवेकी मर्मलाई
तथास्तु प्राप्त गर्न गरिएको श्रमलाई
मिल्छ भन्न पशु ?

०००
कैलाली, हाल- काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
घोल

घोल

शिवप्रसाद जैशी
आदि, इत्यादि र लगायत

आदि, इत्यादि र लगायत

शिवप्रसाद जैशी
आफ्नै मलामी जाँदा

आफ्नै मलामी जाँदा

शिवप्रसाद जैशी
सिल्किनेहरूको नाउँमा

सिल्किनेहरूको नाउँमा

शिवप्रसाद जैशी
मानिस नै भन्नु पर्छ !

मानिस नै भन्नु पर्छ...

शिवप्रसाद जैशी
अज्ञानताको विज्ञान

अज्ञानताको विज्ञान

शिवप्रसाद जैशी
अलगअलग बाटो

अलगअलग बाटो

श्याम प्रधान
लुकीछिपी बोतल खोल

लुकीछिपी बोतल खोल

माधव पोखरेल गोज्याङ्ग्रे
श्रेष्ठ सर्जकहरू बन्छन् सबै ती मुला

श्रेष्ठ सर्जकहरू बन्छन् सबै...

बिन्दु दहाल ‘मूकदर्शक’
त्रिशूलीको बगरबाट

त्रिशूलीको बगरबाट

शम्भु गजुरेल
शासक सत्याग्रह

शासक सत्याग्रह

डा. विदुर चालिसे
0
Would love your thoughts, please comment.x
()
x