साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हर्क साम्पाङ पागल हो !

जुत्ताको माला लगाएर कालो मोसो दलेर अनि बजारको बीचमा पाता फर्काएर लडाउनुपर्छ उसले गर्दा ठूल्ठूला पार्टीहरूको कन्तबिजोग भयो त्यत्रात्यत्रा राजनेताझहरूले मुख देखाएर हिँड्न नहुने भयो त्यसैले हर्क साम्पाङ पागल हो ।

Nepal Telecom ad

हर्क साम्पाङ पागल हाे !

 

जनताको बीचमा बसेर
भाेर्लाकाे  पातमा भात खाने
हर्क साम्पाङ पागल हो
उसलाई समातेर जेलमा हाल्नुपर्छ
अहिलेसम्म धरानमा
कसैले ल्याउन नसकेको पानी ल्याउने
अनि पानी आएपछि बेपत्तासँग रुने
हर्क साम्पाङ पागल हो
उसलाई देश निकाला गर्नुपर्छ ।

ऊभन्दा अगाडिका मैमत्त साँढेहरूले
उसलाई नगरपालिका पस्न
प्रतिबन्ध लगाएका थिए
अनि अहिले उसैलाई भोट दिएर
जनताले नगरको साँचो जिम्मा लगाए
पागललाई भोट हाल्ने
धराने जनता पनि पागल हुन्
त्यसैले सम्पूणर् धरानेहरूलाई
सख्तभन्दा सख्त कारबाही गर्नुपर्छ
र जरिबाना तोक्नुपर्छ ।

मेयर भएपछि त
दुई/चार करोड पर्ने गाडी चढ्नुपर्छ
दुई चार ठाउँमा रखौटीहरू राख्नुपर्छ
उनीहरूलाई कहिले अमेरिका त
कहिले सिङ्गापुर घुमाउनुपर्छ
मनग्गे भ्रष्टाचार गर्नुपर्छ
ठाउँठाउँमा असङ्ख्य जग्गाहरू किन्नुपर्छ
दिनदिनै भोज भतेर गर्नुपर्छ
ठाउँठाउँमा पाँच तारे होटलजस्ता
आलिसान महलहरू बनाउनुपर्छ
कसैले शहरको बाटो सानो भयो
ठूलो बनाउनुपर्छ भन्यो भने
डोजरको मुनि सुत्छु
बाटो फराकिलो पार्न दिन्नँ भन्नुपर्छ
अनि पो मेयर !

हर्क साम्पाङले केही पनि गर्न जानेन
समय अनुसार चल्न जानेन
खालि असिनपसिन गरेर काममात्रै गर्छ
खालि जनताको चिन्तामात्रै गर्छ
त्यसैले हर्क साम्पाङ अहिलेसम्मकै
सबभन्दा ठूलो पागल हो
उसलाई चारपाटा मुडेर नगर घुमाउनुपर्छ
जुत्ताको माला लगाएर
कालो मोसो दलेर
अनि बजारको बीचमा पाता फर्काएर लडाउनुपर्छ
उसले गर्दा
ठूल्ठूला पार्टीहरूको कन्तबिजोग भयो
त्यत्रात्यत्रा राजनेताहरूले
मुख देखाएर हिँड्न नहुने भयो
त्यसैले हर्क साम्पाङ पागल हो ।

आउनोस्
सबैले एकै स्वरमा भनौँ-
“हर्क साम्पाङ पागल हो”
“पागल हो ! पागल हो !!”
“हर्क साम्पाङ देशद्रोही हो”
“देशद्रोही हो ! देशद्रोही हो !!”

०००
२०८० जेठ ३२

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सिंहदरबारको पानी

सिंहदरबारको पानी

आर.आर. चौलागाईं
मौन विद्रोह

मौन विद्रोह

आर.आर. चौलागाईं
यमराजको फैसला

यमराजको फैसला

आर.आर. चौलागाईं
माया

माया

आर.आर. चौलागाईं
माथिको आदेश

माथिको आदेश

आर.आर. चौलागाईं
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x