साइबर अपराध सम्बन्धी सचेतना सामग्री

साँढा शासन

उनीहरूको जिभ्रो तल नालिसम्मै गाडिएको देख्छु उहिले, तपाईंको पालामा राणा शासन थ्यो अहिले हाम्रा पालामा साँढा शासन छ !!

Nepal Telecom ad

कृष्णदेव रिमाल  :

हिँड्दा हिँड्दै एक दिन
अनायास बास पर्‍यो
दशरथचन्दको पालिमा
सोधे- देशको खबर
मैले पनि बताइदिएँ सीधा कुरो
जनाताका नोकरहरूको दादागिरी
विकासका बाधकहरूको नाटक
कमिशनखोरहरूको रोकावट
भनिदिएँ- बेफिक्र भएर
रामले सुने, पुन्यले सुने
त्यो भन्दा पनि कान थापेर त
दशरथकै सालिकले सुने ।
कसैले भन्यो- यो त
सुनाउन पर्ने जिउँदाहरूलाई !
रामले थपे-
कानभरी कानेगुजी छ तिनका
पुन्यले थपे-
आँखाभरी बादल छ तिनका
आफू गरूँ भन्छु
च्यानलको घेरा देख्छु
ठुलाहरूको हप्की सुन्छु
उनीहरूको जिभ्रो
तल नालिसम्मै गाडिएको देख्छु
उहिले, तपाईंको पालामा
राणा शासन थ्यो
अहिले हाम्रा पालामा
साँढा शासन छ !!

०००
काठमाडौंं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठाेक्तक

तीन ठाेक्तक

कृष्णदेव रिमाल
गणतन्त्रका देवता

गणतन्त्रका देवता

कृष्णदेव रिमाल
आऊ अब विवेकी युद्ध गरौँ

आऊ अब विवेकी युद्ध...

कृष्णदेव रिमाल
भन न तिमी कहिले फर्कने ?

भन न तिमी कहिले...

कृष्णदेव रिमाल
शहीद पसल

शहीद पसल

कृष्णदेव रिमाल
बेहोशीमा बाँदरलाई

बेहोशीमा बाँदरलाई

कृष्णदेव रिमाल
देशका नाममा

देशका नाममा

मणि लाेहनी
कहरमा कुम्ल्याउने रहर

कहरमा कुम्ल्याउने रहर

डा. बमबहादुर जिताली
गर्न चाहिँ गाह्राे

गर्न चाहिँ गाह्राे

डा. सत्यराज थपलिया
भजन

भजन

शेषराज भट्टराई
लाेग्ने र गधा

लाेग्ने र गधा

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x