सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

साँढा शासन

उनीहरूको जिभ्रो तल नालिसम्मै गाडिएको देख्छु उहिले, तपाईंको पालामा राणा शासन थ्यो अहिले हाम्रा पालामा साँढा शासन छ !!

Nepal Telecom ad

कृष्णदेव रिमाल  :

हिँड्दा हिँड्दै एक दिन
अनायास बास पर्‍यो
दशरथचन्दको पालिमा
सोधे- देशको खबर
मैले पनि बताइदिएँ सीधा कुरो
जनाताका नोकरहरूको दादागिरी
विकासका बाधकहरूको नाटक
कमिशनखोरहरूको रोकावट
भनिदिएँ- बेफिक्र भएर
रामले सुने, पुन्यले सुने
त्यो भन्दा पनि कान थापेर त
दशरथकै सालिकले सुने ।
कसैले भन्यो- यो त
सुनाउन पर्ने जिउँदाहरूलाई !
रामले थपे-
कानभरी कानेगुजी छ तिनका
पुन्यले थपे-
आँखाभरी बादल छ तिनका
आफू गरूँ भन्छु
च्यानलको घेरा देख्छु
ठुलाहरूको हप्की सुन्छु
उनीहरूको जिभ्रो
तल नालिसम्मै गाडिएको देख्छु
उहिले, तपाईंको पालामा
राणा शासन थ्यो
अहिले हाम्रा पालामा
साँढा शासन छ !!

०००
काठमाडौंं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
कोजाग्रत महिमा

कोजाग्रत महिमा

कृष्णदेव रिमाल
हिमाली पुकार !!

हिमाली पुकार !!

कृष्णदेव रिमाल
अर्जुन शर्माको घडी

अर्जुन शर्माको घडी

कृष्णदेव रिमाल
सात सुसेली

सात सुसेली

कृष्णदेव रिमाल
ड्याङका सप्रेका मूला

ड्याङका सप्रेका मूला

कृष्णदेव रिमाल
पोइटिङ्ग्री

पोइटिङ्ग्री

कृष्णदेव रिमाल
छिर्ने अरूका घर

छिर्ने अरूका घर

मुक्तिनाथ शर्मा
सिटामोल र बुद्ध

सिटामोल र बुद्ध

प्रमोद स्नेही
राष्ट्रिय इमान-बे-इमान !

राष्ट्रिय इमान-बे-इमान !

गायत्री परिरोशनी
डुबोस् देश के भो म सत्ता नछाडूँ ।

डुबोस् देश के भो...

घनश्याम रेग्मी
म्याऊँम्याऊँ

म्याऊँम्याऊँ

टङ्कराज ढकाल ‘तितेपाती’