साइबर अपराध सम्बन्धी सचेतना सामग्री

राजधानी !

व्यापार पो युवाको गर्दैछ राजधानी ल्याई यता छिमेकी भर्दैछ राजधानी ! चङ्गुलमा अरूको पर्दैछ राजधानी लाग्दैछ भोलि अन्तै सर्दैछ राजधानी !!

Nepal Telecom ad

रामशरण न्यौपाने :

के देश पुज्नसक्ला लागेर राजधानी
जाँदैछ कर्म छोड्दै भागेर राजधानी !
संस्कार फेर्छ पैँचो मागेर राजधानी
गिर्दैछ धर्म आफ्नो दागेर राजधानी !!१

बोकेर बस्छ भद्दा सम्राट राजधानी
बन्दैछ लौन आफैँ पो टाट राजधानी !
के दिन्छ लोकलाई नेपाल राजधानी
पार्दैछ देश सिङ्गो कङ्गाल राजधानी !!२

बस्दैछ भ्रष्ट घाती बोकेर राजधानी
सामन्त नै नयाँ पो तोकेर राजधानी !
उत्कोच केस दर्नै रोकेर राजधानी
रोजै सुरा विदेशी धोकेर राजधानी !!३

बस्दैन न्यायमा नै टेकेर राजधानी
त्याग्दैछ स्रोत सारा ठेकेर राजधानी !
सौगात दिन्छ पाटो लेखेर राजधानी
बन्दै मुसो छिमेकी देखेर राजधानी !!४

छोपेर केस थुप्रै चोखिन्छ राजधानी
टेको लिई अरूको बोकिन्छ राजधानी !
आखेट झैँ तुलोमा जोखिन्छ राजधानी
भण्डारमा अरीको पोखिन्छ राजधानी !!५

उद्योग कारखाना खोल्दैन राजधानी
गुम्दा हरे ! सिमाना बोल्दैन राजधानी !
को भन्छ कूट कालो घोल्दैन राजधानी
खुट्टा उता खुदाको मोल्दैन राजधानी !!६

व्यापार पो युवाको गर्दैछ राजधानी
ल्याई यता छिमेकी भर्दैछ राजधानी !
चङ्गुलमा अरूको पर्दैछ राजधानी
लाग्दैछ भोलि अन्तै सर्दैछ राजधानी !!७

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नाङ्गो नाच म हेर्छु

नाङ्गो नाच म हेर्छु

रामशरण न्याैपाने
वृद्ध वृद्धा सबै …

वृद्ध वृद्धा सबै …

रामशरण न्याैपाने
सबै पाका मान्छे

सबै पाका मान्छे

रामशरण न्याैपाने
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
अलगअलग बाटो

अलगअलग बाटो

श्याम प्रधान
0
Would love your thoughts, please comment.x
()
x