साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गुरु कि गोरु !

हर्ष भावले विह्वल हुँदै गुरु न सक्छन् रुन धुरुधुरु, न धन्य भन्न सक्छन् खुरुखुरु, फोहरले ढाकेका बाक्ला चश्मामा बूढा बा, अनि ती बूढा मास्टर झनै दिग्भ्रमित हुँदै, द्विविधामा छन्, जिन्दगी भरी जोतिएको गुरु हुँ कि गोरु ।

Nepal Telecom ad

राजेन्द्र कार्की :

गुरु भन्छन्
बोर्डमा जोताउँछन्
रोडमा नचाउँछन्
नम्बर नदिए ठटाउँछन्
दिएपछि कताकता भज्याउँछन् ।

गुरु पूर्णिममा
उपद्रैसित मान्छन्
उछिन पाछिन गर्दै
बानेर बिरालो थाममा
प्रशंसाका पिण्ड चढाउँछन्
बाँकी घृणाका लिण्ड लगाउँछन् ।

श्रद्धाको बाढी उर्लेको देखेर
हर्ष भावले विह्वल हुँदै गुरु
न सक्छन् रुन धुरुधुरु
न धन्य भन्न सक्छन् खुरुखुरु
फोहरले ढाकेका बाक्ला चश्मामा
बूढा बा अनि ती बूढा मास्टर
झनै दिग्भ्रमित हुँदै द्विविधामा छन्
जिन्दगी भरी जोतिएको गुरु हुँ कि गोरु ।

माने पनि नमाने पनि
चिलाउनेको बोक्रा झैं ताछे पनि
हड्डीखुड्डी भाँचे पनि
छुरा र भालाले घोंचे पनि
आँखा देखाउदा आँखै निकाले पनि
जस्तोसुकै रङ्ग देखे पनि
गुरु र गोरु जे जे भए पनि
टालिएका आँखा खोलेकै हो !

०००
क्यानडा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
दङ्ग जनावर

दङ्ग जनावर

राजेन्द्र कार्की
श्री ३ चटके

श्री ३ चटके

राजेन्द्र कार्की
म ट्वाँ परेँ

म ट्वाँ परेँ

राजेन्द्र कार्की
के को नयाँ वर्ष !

के को नयाँ वर्ष...

राजेन्द्र कार्की
तर खाइराइड लागेपछि…

तर खाइराइड लागेपछि…

राजेन्द्र कार्की
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x