साइबर अपराध सम्बन्धी सचेतना सामग्री

विडम्बना !

खोला वृक्ष र अग्निमा कति जले, प्यूँदै सिसी क्ष्वेडका । चेपे न्याय इमान छेदगणले, प्यूँदै सिसी स्वेदका ॥ चर्का रक्तपिपासु कै रजगजी नाच्छन् ठुला तस्कर । मुर्दा बन्न गयौँ जनार्दन हरे ! लाग्छौँ लवालस्कर ॥

Nepal Telecom ad

बद्रीप्रसाद दाहाल :

नापी बैँक र मालपोत अगुवा भत्के निसाफी घर ।
पैसामै सब बेच्न कस्सिन गए मार्छन् दलाली तर ॥
चर्का छन् कर व्याज औ ऋण यहाँ, खान्छन् छली रिश्वत ।
धेरैका घरबार बन्धक हुँदा, हुन्छन् लिलामी अब ॥

जग्गा औ घरबारहीन जनता बन्दैछ यो देशमा ।
जोगी भेष लिएर मच्छड किरा, पार्दैछ हा ! क्लेशमा ॥
सामन्ती नव आढ्य झुन्ड बलमा बेच्ने भए मानिस ।
बाँच्नै मुस्किल धान्न झन् कठिन भो ! लाग्दैन क्यै नालिस ॥

खोला वृक्ष र अग्निमा कति जले, प्यूँदै सिसी क्ष्वेडका ।
चेपे न्याय इमान छेदगणले, प्यूँदै सिसी स्वेदका ॥
चर्का रक्तपिपासु कै रजगजी नाच्छन् ठुला तस्कर ।
मुर्दा बन्न गयौँ जनार्दन हरे ! लाग्छौँ लवालस्कर ॥

हामी पूर्ण उमेर बाँच्न अहिले सङ्कष्ट धेरै पर्‍यो ।
आगो वृक्ष विषादि वा नदनदी हाम्रो समाधि भयो ॥
दुब्लो आर्थिक पक्ष अक्ष नहुुँदा, बढ्दैछ हत्या स्वयम् ।
‘द्रष्टा— राजनयज्ञ’ उम्रिन सके, भन्थ्यौँ अझै स्वागतम् !!

०००
धादिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नाैलाे युग, अभिनव वहार ? 

नाैलाे युग, अभिनव वहार...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जिन्दावाद र मुर्दावादको चक्रव्यूह !

जिन्दावाद र मुर्दावादको चक्रव्यूह...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जय- बोली, बन्न सक्दैन गोली !

जय- बोली, बन्न सक्दैन...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
बिदा र हल्लाको देश !

बिदा र हल्लाको देश...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
सान जाेगाउने हाेस् 

सान जाेगाउने हाेस् 

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
सरकारमा उजुरी

सरकारमा उजुरी

सूर्य चापागाईं
हबिगत

हबिगत

ईश्वर पाेखरेल
दुष्ट गाथा

दुष्ट गाथा

श्यामल अधिकारी
हैनन् नयाँ यी पनि

हैनन् नयाँ यी पनि

बालकृष्ण खनाल
स्वागत तालिले गरौँ

स्वागत तालिले गरौँ

रामप्रसाद अर्याल ‘अविराम’
0
Would love your thoughts, please comment.x
()
x