साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पार्टी खोलौँ आऊ

हाम्रो भाइ छ गाउँमा कि लफडा जान्ने लडाका निकै, भाला हान्न सिपालु चक्कु र छुरा बोक्ने सँगैमा सधैं , पार्टीको उप मुख्य मान दिइए सेवा गरी बस्छ ऊ, ढुङ्गा हान्न पर्‍यो भने पनि कडा बर्सिन्छ तर्सिन्न ऊ ।

Nepal Telecom ad

घनश्याम रेग्मी :

साथी हो मनको विचार सुन लौ नेता म बन्ने भएँ
उठ्ने नै छ विचार यो पटकमा पार्टी म खोल्ने भएँ
मेरो साथ दिने विचार छ भने झन्डा सिलाई बस
सारा देश सजाउने छ मनमा छोडिन्न केही कस ।१

पार्टीको म अध्यक्ष बन्दछु यता खाली छ अर्को पद
कोही छौ कि बसेर सो पदतिरै चन्दा दिने हर्दम
पार्टीको नव घोषणा र यसको झन्डा सिलाऊ छिटो
झट्टै बैठक बस्नुपर्दछ बुझ्यौ खाजा चबाई फिलो ।२

हामी थोर जना बसेर पहिले निक्र्योल चाँडै गरौँ
मै अध्यक्ष हुनेछु योग्य पदको मुठ्ठी सबैले कसौँ
पार्टीको जब बन्छ नाम र विधा ठेली गरौंला पछि
चन्दाबाट कमाउने प्रहर हो आफू घरैमा बसी ।३

हाम्रो भाइ छ गाउँमा कि लफडा जान्ने लडाका निकै
भाला हान्न सिपालु चक्कु र छुरा बोक्ने सँगैमा सधैं
पार्टीको उप मुख्य मान दिइए सेवा गरी बस्छ ऊ
ढुङ्गा हान्न पर्‍यो भने पनि कडा बर्सिन्छ तर्सिन्न ऊ ।४

ठट्टा होइन यो कुरा सब जना साँचो भनी सम्झिए
मन्त्री बन्न कमाउने मन भए दर्खास्त हाल्दै रहे
पार्टीमा खुब मस्त मान सँगमा नेता सबैको भई
सारा विश्व घुमेर दौलत बुझी खाला घरैमा बसी ।५

०००
भरतपुर ५, चितवन
हाल : बाँके

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाकाहरूबाट सिकाैँ (६)

पाकाहरूबाट सिकाैँ (६)

घनश्याम रेग्मी
पाकाहरूबाट सिकाैँ (५)

पाकाहरूबाट सिकाैँ (५)

घनश्याम रेग्मी
पाकाहरूबाट सिकाैँ (४)

पाकाहरूबाट सिकाैँ (४)

घनश्याम रेग्मी
पाकाहरूबाट सिकाैँ (३)

पाकाहरूबाट सिकाैँ (३)

घनश्याम रेग्मी
पाकाहरूबाट सिकौँ (२)

पाकाहरूबाट सिकौँ (२)

घनश्याम रेग्मी
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x