लक्ष्मण नेवटियाशिवहरीको जलहरी
थप देख्नु नपरोस् यस्ता झाँकी धुवाँ उठ्यो निभाउन किन बाँकी ? विश्वन्यायदाताकै घरमा मनपरी सत्यनिरूपण गरिदेऊ हे महेश्वरी ! बमबम बमबम बमलहरी हरि हरि ! कचहरी पुग्यो शिवहरीको जलहरी ॥
लक्ष्मण नेवटिया :
हरि हरि ! कचहरी पुग्यो
शिवहरीको जलहरी
कुरा फेरिन्छ घरीघरी
हल्ला चलेर थरीथरी ।
चलेको देख्दा दोहोरी
उदास मेरी मनकी चरी ।
बमबम बमबम बमलहरी
हरि हरि ! कचहरी पुग्यो
शिवहरीको जलहरी ॥
सम्मान जोगाउने के गरी
जो आर्जन गरेको मरीमरी
आँखामा आँसु गहभरी ।
के सुन्नु पर्यो दिनभरी ?
बमबम बमबम बमलहरी
हरि हरि ! कचहरी पुग्यो
शिवहरीको जलहरी ॥
थप देख्नु नपरोस् यस्ता झाँकी
धुवाँ उठ्यो निभाउन किन बाँकी ?
विश्वन्यायदाताकै घरमा मनपरी
सत्यनिरूपण गरिदेऊ हे महेश्वरी !
बमबम बमबम बमलहरी
हरि हरि ! कचहरी पुग्यो
शिवहरीको जलहरी ॥
०००
विराटनगर
Subscribe
Login
0 Comments
Oldest






































