साइबर अपराध सम्बन्धी सचेतना सामग्री

झटारो

भ्रष्टाचारको लहरोमा अल्झे कति नेता स्कुल छोडी जेल खोलौँ भने कति के था सारै नै हलुका भो नेपालमा थिति जता पनि किन यस्तो भयो बेथिति ।

Nepal Telecom ad

भोलानाथ सुबेदी :

१.
अचेल किन यस्तो भयो केही थाहा छैन
बजार पो तात्यो भन्छन् खबर पाको हैन
भाले जुधाइ चल्दै छ रे संसदमा पनि
कसले हार्ने कसले जित्ने पत्तो पाको छैन ।

२.
मलाई पनि जून हेर्दा नुन जस्तै लाग्यो
चस्मा लगाइ सुन हेर्दा पित्तल भई भाग्यो
आगोमा घिउ थप्न कति आउँछन् आउँछन्
यही कुराले सरकार पनि ढल्छ जस्तो लाग्यो ।

३.
भन्छन् कोही राँगो करायो नेपाल खर्क माडी
साउन लाग्दै फ्याक्नु पर्छ यसलाई लुतो ठानी
बाढी पहिरो जताततै सरकार छ रे मस्त
प्रतिपक्ष परालको लौरो टेक्न व्यस्त ।

४.
भ्रष्टाचारको लहरोमा अल्झे कति नेता
स्कुल छोडी जेल खोलौँ भने कति के था
सारै नै हलुका भो नेपालमा थिति
जता पनि किन यस्तो भयो बेथिति ।

०००
(९८४३०४५१६१)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
उहाँ कवि हुनु भो

उहाँ कवि हुनु भो

भोलानाथ सुबेदी
टाउको

टाउको

भोलानाथ सुबेदी
कर खोई ?

कर खोई ?

भोलानाथ सुबेदी
सापटीले पार्छ आपत्ति

सापटीले पार्छ आपत्ति

भोलानाथ सुबेदी
सबैजना आओ

सबैजना आओ

भोलानाथ सुबेदी
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
शासक सत्याग्रह

शासक सत्याग्रह

डा. विदुर चालिसे
बुबा

बुबा

विदुर अधिकारी
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
0
Would love your thoughts, please comment.x
()
x