साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भानु जयन्ती

छन् मान्छे नवमा पुगी शिखरमा पूजा गरी ज्ञानका आभा भानु तिमी टलक्क गिरिका हौ ज्योति सम्मानका बोल्नेका कनिका बिकेछ सहजै साहित्य यात्रा चुनौं हामी भानुसमान काव्यपथमा लम्की यशस्वी बनौं !

Nepal Telecom ad

इन्दिरा प्रयास

भाषाको महिमा बुझेर उनले लेखेर रामायण
तिम्रा चिन्तन नै रहेछ गतिलो आदर्श नारायण
लेख्थे काव्य सधैं अनन्त रहने मान्छे तपस्वी भनौँ
हामी भानुसमान काव्यपथमा लम्की यशस्वी बनौं !१!

घाँसीको उपदेश चम्कन गयो सद्कार्य तिम्रो थियो
घन्के थे कविता जसै अवनिका बालेर शिक्षा दियो
नेपाली पथमा डुली सफरमा साहित्य प्रेमी गनौं
हामी भानुसमान काव्यपथमा लम्की यशस्वी बनौं !२!

त्यो प्रश्नोत्तर काव्य मात्र नभई ज्ञानेन्द्र खोल्ने थियो
कालो अक्षरको महत्त्व यसरी बुझ्दा बनेछौ मियो
आस्था हो गहना म भन्छु कृतिमा उत्प्रेरणाको अनौं
हामी भानुसमान काव्यपथमा लम्की यशस्वी बनौं !३!

रम्घाका पहरा चुँदी बगरमा साहित्य वास्ना छरी
भो रामायण कण्ठ त्यो बखतमा घन्केछ पाखा भरी
नेपाली मनमा सुवास जसरी डुल्ने सुबाटो खनौं
हामी भानुसमान काव्यपथमा लम्की यशस्वी बनौं !४!

छन् मान्छे नवमा पुगी शिखरमा पूजा गरी ज्ञानका
आभा भानु तिमी टलक्क गिरिका हौ ज्योति सम्मानका
बोल्नेका कनिका बिकेछ सहजै साहित्य यात्रा चुनौं
हामी भानुसमान काव्यपथमा लम्की यशस्वी बनौं !५!

०००
सानोठिमी, भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
0
Would love your thoughts, please comment.x
()
x