साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मेचीनगरमा भानु जयन्ती, चारजना प्रतिभा सम्मानित

कार्यक्रममा मेचीनगर स्तरीय प्रतियोगितात्मक रुपमा भानुभक्तीय रामायण वाचन, कविगोष्ठी गरिनुका साथै सँगिनी नृत्य तथा बालुन पनि प्रस्तुत गरिएका थिए । कार्यक्रममा पञ्चैबाजाले रौनक थपेको थियो ।

Nepal Telecom ad

झापा, ०८० असार २९ । भानु साहित्यिक प्रतिष्ठान, काँकरभिट्टाले आदिकवि भानुभक्त आचार्यको २१० औं जयन्तीको कार्यक्रममा आयोजना गरेको थियो ।

भानु साहित्यिक प्रतिष्ठानका कार्यबाहक अध्यक्ष डिल्लीराम घिमिरेको अध्यक्षता, साहित्यकार, छन्दकवि डिल्लीराज नेपालको प्रमुख आतिथ्य, मेचीनगर उपप्रमुख मिना पोखरेल, काँकरभिट्टा क्याम्पसका प्रमुख लक्ष्मीप्रसाद उप्रेती, मेची उद्योग वाणिज्य संघका अध्यक्ष खेम प्रसाईं तथा रविन कोइराला, आसामका साहित्यकार रण काफ्लेको विशिष्ट आतिथ्यता रहेको थियो ।

उपाध्यक्ष मेदनीप्रसाद खरेलले स्वागत मन्तव्य तथा अध्यक्ष डिल्लीराम घिमिरेले कार्यक्रमका बारे जानकारी गराएर अघि बढेको कार्यक्रममा मेचीनगरका खेलकुद क्षेत्रकी रुविना क्षेत्री बेलबासे, पत्रकार भूमिका सुब्बा, साहित्यिक स्रष्टा लक्ष्मी अच्युत ढुङ्गाना, ज्येष्ठ नागरिक मञ्च वडा नं.६ का नारायण प्रसाईंलाई प्रमुख अतिथिबाट जनही रु ११,०००।- एघार हजार राशीको पुरस्कार तथा सम्मानपत्र प्रदान गरी सम्मान गरिएको थियो ।

कार्यक्रममा मेचीनगर स्तरीय प्रतियोगितात्मक रुपमा भानुभक्तीय रामायण वाचन, कविगोष्ठी गरिनुका साथै सँगिनी नृत्य तथा बालुन पनि प्रस्तुत गरिएका थिए । कार्यक्रममा पञ्चैबाजाले रौनक थपेको थियो ।

कार्यक्रममा झापाका साहित्यकारहरु गणेश निरौला, विष्णुकुमार भट्टराई, पुरुषोत्तम ढुङ्गेल, तुलसीप्रसाद भट्टराई, बालकवि पूणर्िमा ढुङ्गेल, दुर्गाप्रसाद सिग्देल, मातृकाप्रसाद संग्रौला, भगवती ढुङ्गेल, अर्जुन बराल, हरिप्रसाद रिमाल, परशुराम तिमसिना, विनोद खनाल, भीम खवास, ज्ञानेन्द्र ढुङ्गाना, मदन अधिकारी, अमृता चौंलागाईं, भानुभक्त कुभिण्डेली, इन्दिरा कुसुम, चित्रा पौडेल, नारायण प्रसाद कोइराला, कृष्णप्रकाश सुमार्गी, देवीभक्त श्रेष्ठ, लगायतको उपस्थिति थियो ।

कार्यक्रमको संचालन सचिव सुशील आचार्यले गरेका थिए ।

०००
– झापाबाट पुन्य खरेल

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x