साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पाण्डवका बाहरू

अनि मात्र देश बन्छ र हाम्रो भविश्य बन्छ यी बाले हाम्रो भविश्य बनाउने छ कसले भन्छ यदि भन्छ भने त्यो आज कौरव बन्छ र भोलि त्यो धृतराष्ट्र बन्छ ।

Nepal Telecom ad

प्रेम ओली ढकलपुरे :

कोही कमिसनखोरी बाहरू
कोही अर्काकी बुढी च्याप्ने फोरी बाहरू
कोही कौरवका बा जस्ता बाहरू
कोही महा घुसखोरी बाहरू ।

बाहरू पनि गजबकै बाहरू
जती खाए पनि कहिले न अघाउने बाहरू
बाडी पहिरो जे आए पनि न बगाउने बाहरू
बाहरूको भुँडी झन चमत्कारी
खोला नाला पुल सुन जे पनि पचाउने बाहरू ।

बाहरू पनि यती ज्याद्रा कि
जति कमाए पनि
सरकारी धनमै विदेश उपचार गर्ने
यति धेरै छोराछोरी डाक्टर भए पनि
विश्वास नै नगर्ने बाहरू
कोही डाकु जस्ता बाहरू
कोही ठग जस्ता बाहरू
कोही हत्यारा जस्ता बाहरू
देशमा जे गरे पनि
कहिले जेल नजाने बाहरू
बाहरूले देशै बेची खाएछन् भने
चुपचाप छन् छोरा छोरीहरू
पाण्डवहरू परेछन् कि
कोही बिरोधमा उत्रदैन त !
बरु लुसु लुसु खाडीतिर पस्दैछन्
कोही युरोप अमेरिकातिर बस्दैछन्
तपाईंलाई अझै यी बाहरूले देश बनाउँछन् लाग्छ ?

अब खाडीतिर हैन
अब युरोप अमेरिकातिर हैन
अब बाहरूबाट आफ्नो अधिकार माग्नु पर्छ
मान्दैन भने सत्ताचुत गर्नेतिर लाग्नु पर्छ
अनि मात्र देश बन्छ र हाम्रो भविश्य बन्छ
यी बाले हाम्रो भविश्य बनाउने छ कसले भन्छ
यदि भन्छ भने त्यो आज कौरव बन्छ
र भोलि त्यो धृतराष्ट्र बन्छ ।

०००
घट्टेकुलो, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
सिंहदरबारको ढोका

सिंहदरबारको ढोका

लक्ष्मी रिजाल
म प्राज्ञ

म प्राज्ञ

बिन्दु दहाल ‘मूकदर्शक’
धोती समा बाउरे

धोती समा बाउरे

बालकृष्ण खनाल
तन्नेरी मुुखुुण्डो

तन्नेरी मुुखुुण्डो

डा. लोकेन्द्रप्रसाद पौड्याल
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
0
Would love your thoughts, please comment.x
()
x