साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पाके लुतो

नाङ्गो नाच यहाँ विक्षिप्त पनले उत्ताउलो गर्दछ, कोरोना जसरी समस्त जनमा न्याकेर नै सर्दछ, फाल्नै पर्छ लुतो समस्त जनले कोट्याउनै पर्दछ, गिर्ने छन् बुझ नत्र देश जनता आँसु यहाँ झर्दछ ॥

Nepal Telecom ad

रामशरण न्यौपाने :

नेपाली जनता रमाउन पुगे लागेर पाके लुतो
भित्रीअङ्ग सबै चिलाउन गयो कोत्रेर थाके लुतो
आफैँले किन हो रथारुढ गरे कुर्लेर डाके लुतो
सारा अङ्ग गरेर निष्कृय झनै फैलेर ढाके लुतो ॥१

धुन्छन् धेर लुँगी कछाड फरिया साथै लगौँटी पनि
उच्चा आसनका लुतेश्वर भनी खाँटी पुजारी बनी
रोजै लड्डु चढाउँछन् नि सुनका खोजी ठुला आसनी
झर्दामा पनि पीप रक्त भल त्यो पञ्चामृतै हो भनी ॥२

छोप्छन् हेर न गुप्तरोग कतिले जानी बुझी नै पनि
खोज्दैनन् उपचार गर्न कहिल्यै आफू चनाखो बनी
कोट्याएर रमाउँछन् नर अझै गुप्ताङ्गमा बेसरी
होला निर्मूल के लुतो मुलुकको खै ओखती के गरी ? ॥३

छन् कण्डारक नै सुरक्षित यहाँ गर्छन् ठुलो आसनी
राँको झोसी लघार्नु पर्छ त्यसमा लाग्दैन कोही पनि
हुन् भष्मासुर पात्र मित्र उसका पोल्ने र टट्टाउने
अत्याचार चिलाउँछन् मनुजमा गर्छन् नि लठ्याउने ॥४

नाङ्गो नाच यहाँ विक्षिप्त पनले उत्ताउलो गर्दछ
कोरोना जसरी समस्त जनमा न्याकेर नै सर्दछ
फाल्नै पर्छ लुतो समस्त जनले कोट्याउनै पर्दछ
गिर्ने छन् बुझ नत्र देश जनता आँसु यहाँ झर्दछ ॥५

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नाङ्गो नाच म हेर्छु

नाङ्गो नाच म हेर्छु

रामशरण न्याैपाने
वृद्ध वृद्धा सबै …

वृद्ध वृद्धा सबै …

रामशरण न्याैपाने
सबै पाका मान्छे

सबै पाका मान्छे

रामशरण न्याैपाने
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x