सुभाषचन्द्र देवकाेटाजय सुन
पुल, कुलेसा पनि सुनको बनाऔँ ! खेत, खलियान पनि सुनको बनाऔँ ! सपना, बिपना पनि सुनको बनाऔँ ! छोरा छोरी पनि सुनको पाऔँ ! हिमाल पहाड पनि सुनको बनाऔँ ! ओड्ने, ओछ्याउने सबै सुनको बनाऔं ! अब, सुनकै बोलौँ ! सुनकै हाँसौँ ! सुनकै खाऊँ !

सुभाषचन्द्र देवकोटा :
अब हामी सुनको संविधान लेखौँ !
सुन गालेर सुनकै सांसदहरू बनाऔँ !
सुनकै सभामुख र
सुनकै मन्त्रीहरू बनाऔँ !
सुन काटेर सुनकै नेताहरू बनाऔँ !
न्यायाधीशहरू पनि सुनकै खोपौँ !
हाकिमहरू पनि सुनकै बनाऔँ
पुलिस र पुलिसका डण्डाहरू पनि
सुन कै बनाऔँ
सास फेर्ने हावा र
खाने पानी पनि सुनकै बनाऔँ !
चामल सुनको बनाऔँ !
तरकारी, भुटुन मसला पनि सुनको हालौ !
पुल, कुलेसा पनि सुनको बनाऔँ !
खेत, खलियान पनि सुनको बनाऔँ !
सपना, बिपना पनि सुनको बनाऔँ !
छोरा छोरी पनि सुनको पाऔँ !
हिमाल पहाड पनि सुनको बनाऔँ !
ओड्ने, ओछ्याउने सबै सुनको बनाऔं !
अब, सुनकै बोलौँ !
सुनकै हाँसौँ !
सुनकै खाऊँ !
यति भएपछि !
नेताहरूलाई,
नेताका श्रीमतीहरूलाई,
नेताका छोरा, छोरीहरूलाई !
न सुन काण्डमा परिएला भन्ने डर !
न त सरकारमा बस्नेहरूलाई,
सुन तस्करहरूले,
गलहत्याउलान् कि भन्ने डर !
नकाटे बाँस न बजे मुरली !
जय सुन !
०००
गोरखा
Subscribe
Login
0 Comments
Oldest






































