साइबर अपराध सम्बन्धी सचेतना सामग्री

व्यस्त छु साथी !

देशको होइन विकास मात्र आफ्नो गर्नु छ, आफ्नाहरुको भूँडी, फूट्ने गरी भर्नु छ, यसैमा म बिजी छु साथी । यसैमा म इजी छु । यसैमा म निजी छु ।

Nepal Telecom ad

गायत्री परिराेशनी :

उज्यालो नहुँदै– मिडिया चहार्नु छ,
राम्रो काम गर्नेलाई
सबैले देख्ने गरी सराप्नु छ,
नराम्रो काम गर्नेको
जय–जयकार गर्नु छ,
त्यसैमा व्यस्त छु साथी ।

दिनभरि दुई – चार वटा
पार्टी फेर्नु छ,
रातभरि दुई–चार वटा
साथी फेर्नु छ ।
माथि जानेहरुको
खुट्टा तान्नु छ,
पछाडि आउनेहरुलाई
लात्ताले हान्नु छ ।
यसैमा व्यस्त छु, साथी ।
यसैमा मस्त छु,
चियो नगर्नु ।

साँचो बोल्न, कहिल्यै आउँदैन,
झुटो नबोली, मनले मान्दैन
काम नगरी मिठो खानु छ,
रमाइलो गर्न डिस्को जानु छ,
मागेरै भए पनि
जुस खाने बानी छ ,
बाँड्नकै लागि समेत
घुस खाने बानी छ,
चोर, डाँका, फटाहासँग
दोस्ती जोड्नु छ,
सज्जन आउने
बाटो मोड्नु छ ।
यसैमा व्यस्त छु साथी
डिस्टर्ब नगर्नू ।

केही काम छैन तर
सिँहदरबार छिर्नु छ,
कसैले थाहा नपाउने गरी
सात ठाउँमा गिर्नु छ ।
चाकरी र चाप्लुसी
सधैँ नित्य कर्म हुन् ।
अन्याय र विभेद गर्नु
सनातन धर्म हुन् ।
निकै व्यस्त छु, साथी
फोन नगर्नू ।

जोडिन खोज्नेहरुलाई
सकेसम्म फुटाउनु छ,
जोडिएका सम्बन्धहरुलाई
बलै गरी टुटाउनु छ,
देशको होइन विकास
मात्र आफ्नो गर्नु छ,
आफ्नाहरुको भूँडी,
फूट्ने गरी भर्नु छ,
यसैमा म बिजी छु साथी ।
यसैमा म इजी छु ।
यसैमा म निजी छु ।

०००
स्याङ्जा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हाकिमको सत्ता

हाकिमको सत्ता

गायत्री परिरोशनी
नागरिक एक्सप्रेस !

नागरिक एक्सप्रेस !

गायत्री परिरोशनी
बोक्सीका ताजा बात- ९

बोक्सीका ताजा बात- ९

गायत्री परिरोशनी
दाइजात्रा !

दाइजात्रा !

गायत्री परिरोशनी
आहा हेरेको हेर्‍यै !

आहा हेरेको हेर्‍यै !

गायत्री परिरोशनी
बोक्सीका ताजा बात- ८

बोक्सीका ताजा बात- ८

गायत्री परिरोशनी
कालेको ‘बा’

कालेको ‘बा’

रणबहादुर बुढाथोकी ‘भैया’
भर्खर नुहाएको सहर

भर्खर नुहाएको सहर

डा. दामाेदर पुडासैनी किशाेर
किनकि, म नर्स हुँ

किनकि, म नर्स हुँ

पार्वती पुडासैनी
म को हुँ ?

म को हुँ ?

युवराज भण्डारी
उत्पात भो

उत्पात भो

हेम अधिकारी
0
Would love your thoughts, please comment.x
()
x