साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सुरभिको १५ औँ साधारणसभा तथा १५१ औँ कार्यक्रम

कार्यक्रममा बोल्दै सल्लाहकार दीपकसिंह भण्डारीले सुरभि यस क्षेत्रको स्थापित साहित्यिक संस्था भईकन पनि आफ्नो छुट्टै अफिस भवन नहुनु दुःखको कुरा बताउँदै सबैले पहल गरे यसको आफ्नै भवन हुन सक्ने कुरा बताउनुभयो ।

Nepal Telecom ad

काठमाडौं, ०८० साउन २० । सुरभि साहित्य प्रतिष्ठानको १५ औँ साधारण सभा तथा १५१ औँ आख्यानवाचन कार्यक्रम समापन भएको छ ।

बिहान ११ बजे सुरु भएको १५ औँ साधारणसभाको अध्यक्षता प्रतिष्ठानका अध्यक्ष बाजुराम पौडेलले गर्नुभएको थियो भने प्रमुख अतिथिमा गोकर्णेश्वर नगरपालिका वडा नं. ८ का वडाअध्यक्ष नन्दलाल श्रेष्ठ हुनुहुन्थ्यो । अन्य अतिथिहरूमा सुरभिका सल्लाहकारद्वय समाजसेवी दीपकसिंह भण्डारी र समाजसेवी माधव खनाल, छहारी युवा क्लबका अध्यक्ष लक्ष्मण श्रेष्ठ, मासिक १०० अभियानका अध्यक्ष सञ्जय पोखरेल, अभिनव साहित्य समाजका उपाध्यक्ष विमल अर्याल, समाजसेवी विनोद चापागाईं आदि हुनुहुन्थ्यो । यस कार्यक्रममा सहसचिव मेनका पोखरेल आचार्यले स्वागत मन्तव्य दिनुभएको थियो ।

साधारण सभामा अध्यक्षको प्रतिवेदन, कोषाध्यक्षको प्रतिवेदनमाथि छलफल गरी पारित गरिनुका साथै अन्य प्रस्तावहरूमाथि पनि छलफल भएका थिए । यस कार्यक्रममा बोल्दै सल्लाहकार दीपकसिंह भण्डारीले सुरभि यस क्षेत्रको स्थापित साहित्यिक संस्था भईकन पनि आफ्नो छुट्टै अफिस भवन नहुनु दुःखको कुरा बताउँदै सबैले पहल गरे यसको आफ्नै भवन हुन सक्ने कुरा बताउनुभयो ।

सल्लाहकार माधव खनालले पनि यो एकमात्र कथा वाचन गराउने संस्था भएको हुँदा यसलाई सबैले होस्टेमा हैँसे गरेर सक्षम र सबल संस्था बनाउनुपर्ने कुरा बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि नन्लदलाल श्रेष्ठले यो प्रतिष्ठान यस क्षेत्रको गौरव भएकाले यसलाई हर तरहले सहयोग गर्न आफू लागिपर्ने कुरा बताउनुभयो । वहाँले यस प्रतिष्ठानको आफ्नै भवनका लागि प्रतिवेदनसहित सबैले पहल गरेमा भवन बन्नेमा आशावादी बन्न सकिन्छ भन्नुभयो । यस्ता कुरा मौखिकभन्दा पनि लिखित माग भएमा काम गर्न सजिलो पर्ने समेत बताउनुभयो ।

साधारण सभापछि दिउँसो १ बजे पुनः १५१ औँ कथावाचन कार्यक्रम भएको थियो । प्रतिष्ठानका उपाध्यक्ष परशुराम पराशरले स्वागत मन्तव्यबाट सुरु भएको यस कथावाचन कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष बाजुराम पौडेलले अध्यक्षता गर्नुभएको थियो भने प्रमुख अतिथिमा अभिनव साहित्य समाजका उपाध्यक्ष विमल अर्याल हुनुहुन्थ्यो ।

अन्य अतिथिहरूमा अच्युत चालिसे, रमेशजङ्ग थापा, विनोद चापागाईं रहनुभएको थियो । यस कार्यक्रममा रञ्जना खनाल, रमेश भट्टराई पुजारी, साम्राज्ञी सिजापती, तृष्णा श्रेष्ठ, सुशील आचार्य, पवित्रा अधिकारी, रञ्जना पराजुली, विश्व कुइँकेल, ऋचा, अच्युत चालिसे र रमेशजङ्ग थापाले कथा वाचन गर्नुभएको थियो ।

कार्यक्रमको अन्त्यमा प्रमुख अतिथि विमल अर्यालले सुरभि साहित्य प्रतिष्ठानले नियमित कथा वाचन गराएको पनि १५ वर्ष भइसकेको हुँदा यो सामान्य संस्था नरहेको बताउनुभयो । यसै कारण पनि यो प्रतिष्ठानलाई सबैले मिलेर चलाउन सहयोग गर्नुपर्ने बताउनुहुँदै शुभकामना पनि व्यक्त गर्नुभयो । दुवै कार्यक्रमको सञ्चालन सचिव अच्युत घिमिरेले गर्नुभएको थियो ।

०००
– परशुराम पराशर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x