साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नामर्द चाहियो !

लेखेरै राख्नोस्, धेरै नार्मद भएपछि विभेद हट्दैजान्छ, असमानता घट्दै जान्छ, पहुँच र अवसर बराबर पाए आरक्षण चाहिँदैन, सबै मर्द जति नामर्द बन्नोस्, मर्दको कोटामा हामी आइँदैन ।

Nepal Telecom ad

गायत्री परिराेशनी :

जमाना फेरियो हजुर,
अब हामीलाई
मर्द होइन,
नामर्द चाहियो ।
यस्तो नामर्द कि,
जुन बिहानै,
श्रीमतीसँग सँगै उठ्नुपर्छ,
भान्साकोठाको काम गर्न
सँगसँगै जुट्नुपर्छ ।
उनीले कुचो चलाउदा
उसले करेसाबारी गोड्नुपर्छ ।
बिहानैदेखि इन्टरनेट चलाउने
बानी उसले छोड्नुपर्छ ।

एउटा मात्र होइन, हजुर
डल्लै नामर्द चाहियो ।
घरभित्रको काम र बाहिरको काम
दुवैले बराबरी गर्नुपर्छ ।
उसले पनि उनलाई
हजुर-तपाईँ भन्नुपर्छ ।
हामीले अल्कोहल पिएर
मर्द हुनु छैन,
तिमीले पिउन छोडेर
नामर्द हुन आऊ,
एकोहोरो केही चल्दैन साथी
तिमीले पनि हाम्रो
छुनुपर्छ पाऊ ।

रहर, इच्छा, आकाङ्क्षा
तिम्रा जस्तै हुन्छन्,
हाम्रा पनि ,
डेटिङ र सेटिङमा
कहिले तिम्रोतिर जाऔँ
कहिले हाम्रोतिर जाऔँ ।
कति रुचाउँछौँ ?
साहुनीको खाजा पसल
अब त दुवै मिलेर
भान्छाकोठाका मेशिन चलाऔँ
कसले पकाएको मिठो हुन्छ ?
आऊ,
प्रतिस्पर्धामा उक्लेर खाऊँ ।

मायाप्रेम भन्ने कुरो
मिठो लाग्छ हामीलाई पनि
त्यसो भन्दैमा,
अरुका नामर्दहरुमा
गिद्दे नजर नलाऊ मर्दहरु
हामीलाई त अरुका मर्द हेर्नु छैन,
तिमीले झैँ, मिलेको बेला
अरुका नामर्द फेर्नु छैन,
तिमी पनि हामी जस्तै
नामर्द बनेर आऊ,
बरु, रातीको काममा,
कहिले तिमी माथि बसौला
कहिले हामी माथि बसौँला ।

उसका बाबा, आमाले
उसलाई जन्म दिए,
उनका बाबा, आमाले
उनलाई जन्म दिए,
सत्य तीतो हुन्छ प्रिय,
त्यसैले,
उनले तिम्रा बाबा-आमालाई पाल्दा,
तिमी पनि
उनका बाबा-आमा पाल्न जाऊ ।

लेखेरै राख्नोस्,
धेरै नार्मद भएपछि
विभेद हट्दैजान्छ,
असमानता घट्दै जान्छ,
पहुँच र अवसर बराबर पाए
आरक्षण चाहिँदैन,
सबै मर्द जति नामर्द बन्नोस्,
मर्दको कोटामा हामी आइँदैन ।

०००
स्याङ्जा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
बोक्सीका ताजा बात- ८

बोक्सीका ताजा बात- ८

गायत्री परिरोशनी
जन्मदिनको शुभकामना छोरी !

जन्मदिनको शुभकामना छोरी !

गायत्री परिरोशनी
छु मन्तर- बेरोजगार चट्

छु मन्तर- बेरोजगार चट्

गायत्री परिरोशनी
बोक्सीका ताजा बात- (७)

बोक्सीका ताजा बात- (७)

गायत्री परिरोशनी
बोक्सीका ताजा बात– (६)

बोक्सीका ताजा बात– (६)

गायत्री परिरोशनी
घण्टी बजेपछि !

घण्टी बजेपछि !

गायत्री परिरोशनी
शक्ति र सिध्दान्त

शक्ति र सिध्दान्त

डा. विदुर चालिसे
स्वाभिमान

स्वाभिमान

डा. श्यामप्रसाद न्यौपाने
म भक्त हुँ

म भक्त हुँ

शिवप्रसाद जैशी
अह‌ङ्कारको आगो

अह‌ङ्कारको आगो

प्रा. कपिल अज्ञात
सपनामाथि तपाईंहरु कत्तिको विश्वास गर्नुहुन्छ…?

सपनामाथि तपाईंहरु कत्तिको विश्वास...

राजेन्द्रप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x